नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीच टी-२० सिरिज ४ बैशाखबाट हुने पक्का « Khabarhub

नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीच टी-२० सिरिज ४ बैशाखबाट हुने पक्का


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल मलेसिया र नेदरल्याण्ड्स सम्मिलित अन्तर्राष्ट्रिय टी २० सिरिज कीर्तिपुर मैदानमा हुने पक्का भएको छ । बैशाख चार गतेबाट यो प्रतियोगिता हुने भएको हो ।

नेपाल क्रिकेट संघ क्यानले विज्ञेप्ती जारी गर्दै यो प्रतियोगिता बैशाख चार गतेबाट ११ गतेसम्म हुने बताएको छ । प्रतियोतिगाको नाम बजाज पल्सर ट्राइ नेशन्स सिरिज रने भएको छ । यो प्रतियोगिताको मुख्य प्रायोजक बजाज रहने भएको छ । यस्तै सिंभम सिमेन्ट पनि प्रायोजकमा रहेको छ । डबल राउण्डरोविनका आधारमा हुने प्रतियोगिताका शिर्ष दुई टिमले फाइनल खेल्नेछन ।

प्रतियोगिताका लागि खेलाडी र अफिसियललाई बायो सेक्युयर बबलमा राखिने छ भने पीसीआरको परीक्षण गरिनेछ ।

नेपालले खेल्ने भनिएको आइसीसी विश्व क्रिकेट लिग टु स्थगित भएपछि क्यानले यो प्रतियोगिता गर्न लागेको हो । यो प्रतियोगिताका लागि मलेसिया र नेदरल्याण्ड्स करिब एक साता अगाडि नै नेपाल आउने सम्भावना छ ।

यस्तै मैदानमा दर्शकको प्रवेशका विषयमा नेपाल सरकारसँग समन्वय भइरहेको र यदि सरकारले अनुमति दिएको खण्डमा दर्शकलाई राखिने र निषेध गरेमा विना दर्शक प्रतियोगिता गरिने भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ३० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब