राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण होली लगत्तै « Khabarhub

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण होली लगत्तै


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा बैशाख चार गतेबाट हुने थ्री नेशन्स टी २० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले होलीपछि प्रशिक्षण शुरू गर्ने भएको छ ।

क्यानको आज बसेको बैठकले प्रदेश एकमा रहेका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर काठमाडौं फर्किएपछि मात्र प्रशिक्षण शुरू गर्ने निर्णय गरेको हो ।

नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजका लागि क्यानले एएनएस क्रियसनसँग मिलेर यो प्रतियोगिता गर्न लागेको हो । जसका लागि क्यानले सबै कुरा सो एजेन्सीलाई जिम्मा दिएको छ ।

त्यसबापत क्यानले मोटो रकम पाउने बुझिएको छ । स्रोतका अनुसार एएनएससँग क्यानले करिब साँढे एक करोड रूपैयाँको सम्झौता गरेको छ । यो विषयमा क्यानका शीर्ष पदाधिकारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । प्रतियोगिताको प्रत्यक्ष प्रशारणका साथै अरु सबैको जिम्मा सो एजेन्सीलाई दिएको छ ।

नेपालमा कोरोना महामारीको असर भएपछि खेलाडीले कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएका छैनन् । नेपालले खेल्ने भनेको स्कटल्याण्ड, नामिविया, पीएनजी, ओमानको टुरहरू स्थगित भएको छ भने घरेलु मैदानमा हुने सिरिज पनि स्थगित भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : ४५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु