राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण होली लगत्तै « Khabarhub

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण होली लगत्तै


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा बैशाख चार गतेबाट हुने थ्री नेशन्स टी २० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले होलीपछि प्रशिक्षण शुरू गर्ने भएको छ ।

क्यानको आज बसेको बैठकले प्रदेश एकमा रहेका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर काठमाडौं फर्किएपछि मात्र प्रशिक्षण शुरू गर्ने निर्णय गरेको हो ।

नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजका लागि क्यानले एएनएस क्रियसनसँग मिलेर यो प्रतियोगिता गर्न लागेको हो । जसका लागि क्यानले सबै कुरा सो एजेन्सीलाई जिम्मा दिएको छ ।

त्यसबापत क्यानले मोटो रकम पाउने बुझिएको छ । स्रोतका अनुसार एएनएससँग क्यानले करिब साँढे एक करोड रूपैयाँको सम्झौता गरेको छ । यो विषयमा क्यानका शीर्ष पदाधिकारीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । प्रतियोगिताको प्रत्यक्ष प्रशारणका साथै अरु सबैको जिम्मा सो एजेन्सीलाई दिएको छ ।

नेपालमा कोरोना महामारीको असर भएपछि खेलाडीले कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएका छैनन् । नेपालले खेल्ने भनेको स्कटल्याण्ड, नामिविया, पीएनजी, ओमानको टुरहरू स्थगित भएको छ भने घरेलु मैदानमा हुने सिरिज पनि स्थगित भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : ४५ बजे

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा