चितवनमा बस र स्कुटर ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु « Khabarhub

चितवनमा बस र स्कुटर ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिका – २२ पटिहानी पकौडी बजारमा बससँग स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको ज्यान गएको छ ।

शनिबार साँझ ६ बजेतिर दुर्घटनामा घाइते भएका भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिए । उनीहरु तीनैजना मोहनले चलाएको ना ४० प ७०८२ नम्बरको स्कुटरमा सवार थिए ।

विपरीत दिशा जगतपुरदेखि भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बससँग स्कुटर ठोक्किएको डिएसपी थापाले बताए । दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनालाई भरतपुरको सरकारी अस्पतालमा पठाइएको थियो ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै