खोप लगाए पनि कतार फर्किने यात्रुहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने « Khabarhub

खोप लगाए पनि कतार फर्किने यात्रुहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोनाविरुद्धको खोप लगाए पनि नेपालीबाट कतार प्रवेश गर्ने यात्रुहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

क्वारेन्टाइनको अवधि १० दिन तोकिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा कोभिड -१९ को नयाँ संक्रमण देखिएकाले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट कतार प्रवेश गर्ने यात्रुहरुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने जनाएको छ ।

यी देशहरुबाट आउने यात्रुहरुले त्यहाँको स्थानीय स्वास्थ्य प्राधिकरणले अनुमोदन गरेको परीक्षण केन्द्रहरूबाट प्रस्थान गर्नुअघि ४८ घण्टासम्म मान्य हुने पीसीआर परीक्षण गरेको नेगेटिभ रिपोर्टको प्रमाणपत्र हुनुपर्ने मन्त्रालयलाई उद्धृत गर्दै पेनिन्सुला पत्रिकाले जनाएको छ ।

ती देशहरूबाट आगमन भएको एक दिन भित्र क्वारेन्टाइन सुविधामा दोहोरिएको कोभिड -१९ को पीसीआर परीक्षण गर्नुपर्नेछ ।

यसघि कतार बाहिर रहँदा फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएकाहरुलाई होटेल क्वारेन्टाइन बस्न नपर्ने नियम जारी गरेको थियो ।

अब भने खोप लगाए पनि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ । साथै, कतारको माध्यमबाट ट्रान्जिट गर्ने सबै यात्रुहरूसँग पूर्व यात्रा पीसीआर परीक्षण गर्नुपर्ने र यदि उनीहरूको अगाडि गन्तव्यको लागि अर्को पीसीआर परीक्षणको आवश्यक पर्ने भए हामद अन्तर्राष्ट्रिय एयरपोर्टमा ३०० कतारी रियाल तिरेर परीक्षण गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : ४० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल