खोप लगाए पनि कतार फर्किने यात्रुहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने « Khabarhub

खोप लगाए पनि कतार फर्किने यात्रुहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोनाविरुद्धको खोप लगाए पनि नेपालीबाट कतार प्रवेश गर्ने यात्रुहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

क्वारेन्टाइनको अवधि १० दिन तोकिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा कोभिड -१९ को नयाँ संक्रमण देखिएकाले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट कतार प्रवेश गर्ने यात्रुहरुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने जनाएको छ ।

यी देशहरुबाट आउने यात्रुहरुले त्यहाँको स्थानीय स्वास्थ्य प्राधिकरणले अनुमोदन गरेको परीक्षण केन्द्रहरूबाट प्रस्थान गर्नुअघि ४८ घण्टासम्म मान्य हुने पीसीआर परीक्षण गरेको नेगेटिभ रिपोर्टको प्रमाणपत्र हुनुपर्ने मन्त्रालयलाई उद्धृत गर्दै पेनिन्सुला पत्रिकाले जनाएको छ ।

ती देशहरूबाट आगमन भएको एक दिन भित्र क्वारेन्टाइन सुविधामा दोहोरिएको कोभिड -१९ को पीसीआर परीक्षण गर्नुपर्नेछ ।

यसघि कतार बाहिर रहँदा फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएकाहरुलाई होटेल क्वारेन्टाइन बस्न नपर्ने नियम जारी गरेको थियो ।

अब भने खोप लगाए पनि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ । साथै, कतारको माध्यमबाट ट्रान्जिट गर्ने सबै यात्रुहरूसँग पूर्व यात्रा पीसीआर परीक्षण गर्नुपर्ने र यदि उनीहरूको अगाडि गन्तव्यको लागि अर्को पीसीआर परीक्षणको आवश्यक पर्ने भए हामद अन्तर्राष्ट्रिय एयरपोर्टमा ३०० कतारी रियाल तिरेर परीक्षण गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : ४० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु