यसकारण सलमानले छोडेका थिए ‘बाजीगर’ « Khabarhub

यसकारण सलमानले छोडेका थिए ‘बाजीगर’


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता शाहरुख खानको करियरमा केही फिल्महरुको ठूलो भूमिका रह्यो । जसले उनलाई टेलिभिजनबाट बलिउडमा स्थापित हुन सहयोग गर्यो ।

सन् १९९३ मा रिलिज फिल्म ‘बाजीगर’ उनको करियरलाई उचाईमा पुर्याउने फिल्ममध्ये एक हो । शाहरुखले बोलेको ‘हार के भी जीतने वाले को बाजीगर कहते’ संवाद अहिले पनि मानिसहरुले उत्तिकै सम्झन्छन् ।

अब्बास–मस्तानको निर्देशनमा बनेको यो फिल्ममा शाहरुख नकारात्मक भूमिकामा थिए । तर सायदै कमैलाई मात्र थाहा होला निर्माताको पहिलो रोजाईमा फिल्मका लागि शाहरुख थिएनन् ।

दैनिक जागरणका अनुसार निर्माताहरु फिल्ममा शाहरुखलाई भन्दा पनि सलमान खानलाई अभिनय गराउन चाहन्थे । यतिमात्र होइन, उनीहरु सलमानको सानो भाईलाई पनि फिल्ममा लिन चाहन्थे । तर माहौल यस्तो बनिदियो कि फिल्मको कलाकार परिवर्तन गरेर शाहरुख नै फाइनल भए ।

निर्माताले फिल्मका लागि सलमानसँग सम्पर्क गरेका थिए । तर सलमानले फिल्ममा काम गर्न अस्वीकार गरे । उनले आफ्नो भाई अरबाजलाई फिल्ममा लञ्च गर्न चाहेको बताएका थिए ।

यो समयमा अरबाज र सोहेल अभिनयमा सक्रिय थिएनन् । उनीहरु पर्दा पछाडि रहेर काम गरिरहेका थिए ।

सलमानका पिता सलीम छोरा अरबाजलाई कुनै नकारात्मक भूमिकामा अभिनय गराउन चाहदैन थिए । सलमान पनि पिताको भनाई प्रति सहमत थिए । त्यहीकारण अरबाजले ‘बाजीगर’ छोडिदिए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ३ : ०० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु