वेस्ट इन्डिजविरूद्धको सिरिज अष्ट्रेलियालाई « Khabarhub

वेस्ट इन्डिजविरूद्धको सिरिज अष्ट्रेलियालाई


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

सोमबार बिहान भएको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सिरिज २-१ ले जितेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले मात्र ३० ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान एलेक्स केरीले ३५ रन जोड्दा मिचेल मार्शले २९ रन जोडे । एस्टन अगर १९ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका शेल्ड्रोन कोट्रेल, अकिल हुसेन र हेडेन वेल्सले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४५ ओभर १ बलमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि डरेन ब्राभोले १८ रन जोड्दा अल्जारी जोसेपले १५ रन बनाए  । शाइ होपले १४ र कप्तान केइरन पोलार्डले ११ रन जोडे ।

वेस्ट इन्डिजलाई सस्तैमा मिचेल स्टार्कले ३ विकेट लिए भने जोस हाजलउड, एस्टन अगर र एडम जाम्पाले २/२ विकेट लिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : ५५ बजे

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को