उच्च अदालत पाटनबाट पनि सफाइ पाए महराले « Khabarhub

उच्च अदालत पाटनबाट पनि सफाइ पाए महराले


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि उनले सफाइ पाएका हुन् ।

मंगलबार उच्च अदालतले उनीविरुद्धको मुद्दामा सुनुवाइ गर्दै सफाइ दिएको छ । उच्च अदालतले काठमाडौँ जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गर्‍यो ।

उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।

महराविरुद्धको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिइन् ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । आरोपपछि उनले २०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए ।

०७६ असोज १९ गते सभामुखको सरकारी निवासबाट पक्राउ परेका उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए ।

उनलाई २०७६ फागुन ५ गते काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको थियो । त्यसपछि उनकझ मुद्दा उच्च अदालत पाटन पुगेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : १४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले