छायांकनमा जाँदै ‘रीत’ र ‘अञ्जली’ « Khabarhub

छायांकनमा जाँदै ‘रीत’ र ‘अञ्जली’


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फाल्गुनन्द लिङदेन फिल्मसद्वारा निर्माण हुन गइरहेको दुई फिल्म ‘रीत’ र ‘अञ्जली’को आगामी साताबाट छायांकन सुरु हुने भएको छ । फिल्म ‘रीत’ लिम्बु भाषा संस्कृतिमा आधारित लिम्बु फिल्म हो भने ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित फिल्म हो ।

दुवै फिल्मका निर्देशक दिनेश लिङ्देनले फिल्म ‘रीत’ ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा छायांकन गरिने र ‘अञ्जली’ उपत्यका आसपासमा छायांकन गरिने बताए । दुवै फिल्म हाल वर्कसप चरणमा छन् ।

दुवै फिल्ममा एलिना बासकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खडका, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापोलगायतका कलाकारको अभिनय रहनेछ ।

मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’को निर्माताहरुमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खडका, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली छन् । दुवै फिल्ममा सागर केरुङको कथा रहनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १ : ५६ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले