शाहरुख, प्रियंका र कियाराको सर्वाधिक माग « Khabarhub

शाहरुख, प्रियंका र कियाराको सर्वाधिक माग


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री प्रियंका चोपडाले पछिल्लो केही वर्षमा आफूलाई ग्लोबल स्टारका रुपमा स्थापित गरेकी छन् । उनको लोकप्रियताको मापन हालै गरिएको एक सर्वेको तथ्यांकलाई हेर्दा पुग्छ ।

उनी विश्वकै सर्वाधिक माग गरिएको कलाकारको सूचीमा तेस्रो स्थानमा छिन् । सूचीमा शाहरुख खान पहिलो स्थानमा छन् । जबकी तेलुगु स्टार अल्लु अर्जुन सूचीको दोस्रो स्थानमा छन् ।

पेरट एनालिटिक्सको यो सर्वे २० जुलाईदेखि अगष्ट १८ को बीचमा गरिएको थियो । सूचीमा धनुष, टम हिडलटन, दुल्कर सलमान, सलमान खान, सुंग हुँ, कियारा आडवाणी र महेश बाबु पनि छन् । अमेरिकी अभिनेता टम त्यहाँ सर्वाधिक माग गरिएका अभिनेता हुन् । उनी पछि अभिनेत्री जेनिफर लोपेज छिन् ।

प्रियंकाको हलिउड करियरको कुरा गर्दा अब उनी किआनु रिब्सका साथ ‘मेट्रिक्स ४’मा देखिँदैछिन् । यो फिल्म ‘द मेट्रिक्स–रिसरेक्शंस’ नामले थिएटरमा रिलिज हुँदैछ ।

बलिउडमा प्रियंका फरहान अख्तर निर्देशित फिल्म ‘जी ले जरा’मा देखिँदैछिन् । यो फिल्ममा कटरीना कैफ र आलिया भट्टको पनि अभिनय रहनेछ । योबाहेक प्रियंका ड्रामा सिरिज ‘सिटेडल’को सुटिङ गरिरहेकी छन् ।

शाहरुखको कुरा गर्दा तीन वर्ष यता उनको कुनै पनि फिल्म रिलिज भएको छैन । पछिल्लो पटक उनी सन् २०१८ मा फिल्म ‘जीरो’मा देखिएका थिए ।

अभिनेत्री कियारा हालैमात्र अमेजन प्राइम भिडियोमा रिलिज फिल्म ‘शेरशाह’मा अभिनेता सिद्धार्थ मल्होत्राका साथ देखिएकी थिइन् । कियाराले फिल्म ‘कबीर सिंह’मा पनि प्रमुख भूमिकामा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : ३४ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको