नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा « Khabarhub

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका उनले शुक्रबार राजीनामा दिएका हुन् ।

उनले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । क्यानले खुल्ला प्रतिस्पर्धाबाट ह्वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका छन्। उनको राजीनामाबारे क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)ले यस्तो लेखेको छ-

क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेले उनले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएको बताए । राजीनामा पत्रमा उनले महामारीका बेला परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेको प्याकुरेलले बताए ।

क्रिकेट संघले ह्वाटमोरलाई २ पुस २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : १४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु