नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा « Khabarhub

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका उनले शुक्रबार राजीनामा दिएका हुन् ।

उनले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । क्यानले खुल्ला प्रतिस्पर्धाबाट ह्वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका छन्। उनको राजीनामाबारे क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)ले यस्तो लेखेको छ-

क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेले उनले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएको बताए । राजीनामा पत्रमा उनले महामारीका बेला परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेको प्याकुरेलले बताए ।

क्रिकेट संघले ह्वाटमोरलाई २ पुस २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : १४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज