देउवाले डाके मन्त्रिपरिषद् बैठक, अध्यादेश फिर्ताको तयारी  « Khabarhub

देउवाले डाके मन्त्रिपरिषद् बैठक, अध्यादेश फिर्ताको तयारी 


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

अपराह्न ४ बजे सिंहदरबारमा डाकिएको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष फिर्ता पठाउने निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।

अध्यादेशको विषयमा जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच किचलो हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

नेकपा एमाले र जसपा विभाजन सहज हुने गरी  संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी सरकारले अध्यादेश ल्याएको थियो । त्यसको प्रयोजन सकिएकाले त्यसलाई निष्क्रिय पारेर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ ।

अध्यादेश फिर्ता हुनेवित्तिकै देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

आजको बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस निर्णय पनि लिन सक्ने  जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : १४ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।