तरबार बोकेर शाहरुख पत्रकारको घर पुगेपछि « Khabarhub

तरबार बोकेर शाहरुख पत्रकारको घर पुगेपछि


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता शाहरुख खान र गौरी खानलाई बलिउडको सुन्दर जोडीका रुपमा हेरिन्छ । शाहरुख मुस्लिम हुन् र उनकी पत्नी गौरी पञ्जाबी हुन् । उनीहरुको प्रेम विश्वका लागि एउटा उदाहरण बनेको छ । शाहरुख सन् १९८८ मा पहिलोपटक गौरीसँग भेट हुँदा उनको प्रेममा परे । शाहरुख गौरीप्रति कति आशक्त थिए भने गौरीकै लागि उनले पत्रकारमाथि तरबार बोकेर जाइलागे ।

शाहरुखले सन् १९९१ अक्टोबर २५ मा गौरीसँग विवाह गरेका थिए । त्यसपछि उनी आफ्नो करियर बनाउनका लागि मुम्बई आए । सन् २०१३ मा शाहरुखले तहलका थिंकको एक कार्यक्रममा विवाहको समयका बारेमा बताएका थिए ।

‘सन् १९९३ मा जब मेरो फिल्म ‘कभी हाँ कभी ना’ रिलिज भएको थियो, त्यही बेला एक पत्रकारले फिल्मको सहअभिनेत्रीसँग मेरो अफेयर भनेर समाचार प्रकाशन गरेका थिए । जसलाई लिएर गौरी निकै चिन्तित बनेकी थिइन् । गौरीलाई मसँग विवाह गरेर आफूले कुनै गल्ती त गरेको होइन भन्नेसम्मको शंका उब्जिएको थियो’, उनले भनेका छन् ।

त्यसपछि शाहरुख निकै रिसाए । शाहरुखका ससुरा सेनाका एक अधिकारी थिए । पञ्जाबी विवाहमा जसरी गरिन्छ, त्यसरी नै उनका ससुराले गौरीको रक्षाका लागि एक तरबार दिएका थिए । ‘मलाई लाग्यो कि यो एक यस्तो हतियार हो, जसलाई भारतीय सेनाले मञ्जुरी दिएको थियो । मैले त्यो तरबार बोकेर मेरो बारे गलत समाचार लेख्ने पत्रकारको घरमा पुगें । पत्रकारको खुट्टामा तरबार तेस्र्याएँ र फेरी फिल्मको सेटमा फर्किएँ’, शाहरुखले भनेका छन् ।

शाहरुखले यो घटनाको भोलिपल्ट केही प्रहरी आएर उनलाई हिरासतमा लिएर गएका थिए । उनलाई यो समयमा प्रहरीले एक फोन गर्न पाउने अनुमति दिएको थियो । उनलाई त्यो पत्रकारलाई फोन गरे, जसलाई उनले तरबार बोकेर धम्क्याएका थिए । उनले ‘अहिले म जेल जाँदैछु, जेलबाट निस्किएँ भने तँलाई काटिदिन्छु’ भनेर धम्क्याए ।

यो घटनापछि अभिनेता नाना पाटेकरले उनलाई जेलबाट निकाले । जो यही फिल्ममा शाहरुखसँग काम गरिरहेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  २ : ०६ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्