तरबार बोकेर शाहरुख पत्रकारको घर पुगेपछि | Khabarhub Khabarhub

तरबार बोकेर शाहरुख पत्रकारको घर पुगेपछि


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता शाहरुख खान र गौरी खानलाई बलिउडको सुन्दर जोडीका रुपमा हेरिन्छ । शाहरुख मुस्लिम हुन् र उनकी पत्नी गौरी पञ्जाबी हुन् । उनीहरुको प्रेम विश्वका लागि एउटा उदाहरण बनेको छ । शाहरुख सन् १९८८ मा पहिलोपटक गौरीसँग भेट हुँदा उनको प्रेममा परे । शाहरुख गौरीप्रति कति आशक्त थिए भने गौरीकै लागि उनले पत्रकारमाथि तरबार बोकेर जाइलागे ।

शाहरुखले सन् १९९१ अक्टोबर २५ मा गौरीसँग विवाह गरेका थिए । त्यसपछि उनी आफ्नो करियर बनाउनका लागि मुम्बई आए । सन् २०१३ मा शाहरुखले तहलका थिंकको एक कार्यक्रममा विवाहको समयका बारेमा बताएका थिए ।

‘सन् १९९३ मा जब मेरो फिल्म ‘कभी हाँ कभी ना’ रिलिज भएको थियो, त्यही बेला एक पत्रकारले फिल्मको सहअभिनेत्रीसँग मेरो अफेयर भनेर समाचार प्रकाशन गरेका थिए । जसलाई लिएर गौरी निकै चिन्तित बनेकी थिइन् । गौरीलाई मसँग विवाह गरेर आफूले कुनै गल्ती त गरेको होइन भन्नेसम्मको शंका उब्जिएको थियो’, उनले भनेका छन् ।

त्यसपछि शाहरुख निकै रिसाए । शाहरुखका ससुरा सेनाका एक अधिकारी थिए । पञ्जाबी विवाहमा जसरी गरिन्छ, त्यसरी नै उनका ससुराले गौरीको रक्षाका लागि एक तरबार दिएका थिए । ‘मलाई लाग्यो कि यो एक यस्तो हतियार हो, जसलाई भारतीय सेनाले मञ्जुरी दिएको थियो । मैले त्यो तरबार बोकेर मेरो बारे गलत समाचार लेख्ने पत्रकारको घरमा पुगें । पत्रकारको खुट्टामा तरबार तेस्र्याएँ र फेरी फिल्मको सेटमा फर्किएँ’, शाहरुखले भनेका छन् ।

शाहरुखले यो घटनाको भोलिपल्ट केही प्रहरी आएर उनलाई हिरासतमा लिएर गएका थिए । उनलाई यो समयमा प्रहरीले एक फोन गर्न पाउने अनुमति दिएको थियो । उनलाई त्यो पत्रकारलाई फोन गरे, जसलाई उनले तरबार बोकेर धम्क्याएका थिए । उनले ‘अहिले म जेल जाँदैछु, जेलबाट निस्किएँ भने तँलाई काटिदिन्छु’ भनेर धम्क्याए ।

यो घटनापछि अभिनेता नाना पाटेकरले उनलाई जेलबाट निकाले । जो यही फिल्ममा शाहरुखसँग काम गरिरहेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  २ : ०६ बजे

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्ने

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज

जलेश्वर अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जलेश्वर– जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको

मुस्ताङको ठिनी खोलामा मोटरेबल पुल बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि