कोप- २६ सम्मेलनः चीन र रसियाका राष्ट्रपति सहभागी नहुने « Khabarhub

कोप- २६ सम्मेलनः चीन र रसियाका राष्ट्रपति सहभागी नहुने


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – आगामी आईतबार बेलायतको ग्लासगो सहरमा आयोजना हुने जलवायुसम्बन्धी कोप २६ सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ सहभागी नहुने सम्भाबना बढेको छ ।

सम्मेलनमा राष्ट्रपति सीको सहभागीताबारे चीनले आधिकारिक रुपमा अहिलेसम्म जानाकारी दिएको छैन् । सम्मेलनमा चीनले वातावरण उपमन्त्री झाओ यिङमिन र जलवायु दूत सिइ झेनहुवलाई पठाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि क्रेमलिनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिन राष्ट्रसंघको जलवायु सम्मेलनमा सहभागी नहुने जनाएको थियो ।

तर, चिनियाँ राष्ट्रपति भर्चुवल माध्यमबाट सम्मेलनमा सहभागी हुन सक्ने जनाइएको छ । गत महिना पनि राष्ट्रपति सीले राष्ट्रसंघको महासभालाई भर्चुल माध्यमबाट सम्बोधन गरेका थिए । उनले अप्रिलमा वातवरणसम्बन्धी एउटा सम्मेलनलाई पनि सम्बोधन गरेका थिए ।

यसअघि सम्मेलनमा नजाने संकेत गरेका अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन भने सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : १५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको