कोप- २६ सम्मेलनः चीन र रसियाका राष्ट्रपति सहभागी नहुने « Khabarhub

कोप- २६ सम्मेलनः चीन र रसियाका राष्ट्रपति सहभागी नहुने


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – आगामी आईतबार बेलायतको ग्लासगो सहरमा आयोजना हुने जलवायुसम्बन्धी कोप २६ सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ सहभागी नहुने सम्भाबना बढेको छ ।

सम्मेलनमा राष्ट्रपति सीको सहभागीताबारे चीनले आधिकारिक रुपमा अहिलेसम्म जानाकारी दिएको छैन् । सम्मेलनमा चीनले वातावरण उपमन्त्री झाओ यिङमिन र जलवायु दूत सिइ झेनहुवलाई पठाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि क्रेमलिनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिन राष्ट्रसंघको जलवायु सम्मेलनमा सहभागी नहुने जनाएको थियो ।

तर, चिनियाँ राष्ट्रपति भर्चुवल माध्यमबाट सम्मेलनमा सहभागी हुन सक्ने जनाइएको छ । गत महिना पनि राष्ट्रपति सीले राष्ट्रसंघको महासभालाई भर्चुल माध्यमबाट सम्बोधन गरेका थिए । उनले अप्रिलमा वातवरणसम्बन्धी एउटा सम्मेलनलाई पनि सम्बोधन गरेका थिए ।

यसअघि सम्मेलनमा नजाने संकेत गरेका अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन भने सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : १५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले