एन्फा र अल्मुताइरीबीच सम्झौता, तीन वर्ष नेपालमै रहने « Khabarhub

एन्फा र अल्मुताइरीबीच सम्झौता, तीन वर्ष नेपालमै रहने


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् ।

बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई  मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन् ।

‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु’, उनले लेखेका छन् ।

अलमुताइरीले दुई वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने बताएका छन् । ‘हामी चाँडै आगामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौँ’, साफ च्याम्पियनसिप इतिहासमा पहिलोपटक नेपाललाई फाइनल पुर्‍याएका अब्दुल्लाहले भनेका छन् ।

नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । फाइनलअघि नै राजीनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका छन् । यद्यपि एन्फाले यस विषयमा कुनै पनि आधिकारिक धारणा राखेको छैन ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ४ : २६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन