लालकिल्लामा झण्डा गाड्ने यी पञ्जाबी सुपरस्टार | Khabarhub Khabarhub

लालकिल्लामा झण्डा गाड्ने यी पञ्जाबी सुपरस्टार


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– भारतको नयाँदिल्लीमा किसानको ट्रयाक्टर र्‍यालीको समयमा एक युवाले लालकिल्लामा चढेर केसरिया झण्डा गाडेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ती व्यक्ति को हुन् भन्ने कौतुहलता आम मानिसमा छ । सायद कमैलाई मात्र थाहा होला, यी युवा पञ्जाबी फिल्मका सुपरस्टार दीप सिद्धु हुन् । दीप लामो समयदेखि किसानको समर्थनमा छन् । तर लालकिल्लामा गाडेको झण्डाले उनलाई पुनः चर्चामा ल्याएको छ ।

दीप पञ्जाबी अभिनेता हुन् । उनी सन् २०१९ को लोकसभा चुनावमा बीजेपी सांसद र अभिनेता सनी देओलसँग थिए । यही चुनावबाट उनी राजनीतिमा आएका थिए । बीजेपी सांसद तथा अभिनेता सनीले गुरुदासपुरबाट चुनाव लड्दा दीपलाई ठूलो जिम्मेवारी दिएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीसँग सनी र दीपले खिचेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि दीप विवादमा तानिएपछि सनीले उनलाई छोडेका थिए ।

‘आज लालकिल्लामा जे भयो, त्यो हेर्दा म निकै दुःखी भएको छ । मैले पहिले पनि डिसेम्बर ६ मा ट्वीटरका माध्यमबाट यो कुरा भनिसकेको छु कि मेरो वा मेरो परिवारको दीप सिद्धुसँग कुनै सम्बन्ध छैन । जय हिन्द’, सनीले ट्वीट गरेका छन् ।

No description available.

दीपको जन्म सन् १९८४ मा पञ्जाबको मुक्तसर जिल्लामा भएको थियो । उनले कानूनको शिक्षा लिएका छन् । त्यसपछि उनले ‘किङफिसर मोडल हण्ट’को अवार्ड जिते । उनले सन् २०१५ मा पञ्जाबी फिल्म ‘रमता जोगी’बाट अभिनयमा डेब्यू गरे । यो फिल्म औषत चल्यो । तर उनले सन् २०१८ मा रिलिज भएको फिल्म ‘जोरा दस नुम्बरिया’बाट लोकप्रियता पाए । यो फिल्ममा उनले ग्याङस्टारको भूमिका निभाउका थिए ।

लकडाउन अघि दीपको फिल्म ‘जोरा दास नुम्बरिया २’ रिलिज भएको थियो । लकडाउनको समयमा उनले पञ्जाबको इतिहासबारे अध्ययन गरे । यो समयमा उनले आफ्नो फेसबुकमा सिद्धू इतिहास, अर्थशास्त्र र शिक्षालगायतका विषयमा कैयौं भिडियो पोस्ट गरे । जब पञ्जाबमा ‘किसान बिल’लाई लिएर प्रदर्शन शुरु भयो, त्यसमा उनी हिस्सा बने ।

डिसेम्बर २५ को बन्दको समयमा दीप पुनः चर्चामा आए, जब उनी अन्य कलाकारसँग शुम्भ सीमानामा धर्ना बसे । यो धर्नामा धेरै मानिसहरु समर्थनका लागि पुगेका थिए । यसपछि आफ्नो टीमसँग मिलेर दीपले एक प्लेटफर्म सार्वजनिक गरे र ठूला नेतालाई एकसाथ आएर पञ्जाबका लागि लडाईं लड्न निम्तो दिए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ११ : ४० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने