सेनाले गोली चलाउँदा म्यान्मारमा एकैदिन मारिए ११४ प्रदर्शनकारी « Khabarhub

सेनाले गोली चलाउँदा म्यान्मारमा एकैदिन मारिए ११४ प्रदर्शनकारी


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध सर्वसाधारणले गरेको प्रदर्शनमा सेनाले गोली चलाउँदा कम्तीमा ११४ प्रदर्शनकारी मारिएका छन् ।

स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार मारिने ११४ जनामा १३ वर्षीया किशोरीसहित २०भन्दा बढी बालबालिका छन् ।

सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएकै दिन सुरक्षाकर्मीको गोली लागी ११४ सर्वसाधारण मारिएका हुन् ।

पछिल्लो घटनासँगै म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि मारिने सर्वसाधारणको संख्या ४०० नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तस्वीर : रोयटर्स

जुन्ता शासकले राजधानी नेइपिडअमा ७६औँ सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए । त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले शहरमा सुरक्षाकर्मीले दमन गरेको हो ।

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेपछि लोकतन्त्र पक्षधरहरू आन्दोलित भइरहेका छन् । उनीहरूले देशका प्रमुख शहरहरूमा दैनिक प्रदर्शन चर्काउँदै लगेका छन् ।

सेनाले सत्ता हातमा लिएसँगै लोकतन्त्रवादी नेत्री तथा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) प्रमुख आङ सान सुचीलाई नियन्त्रणमा राखेको छ ।

नोभेम्बरमा भएको चुनावमा सुचीको दल (एनएलडी) अत्यधिक मतसहित विजयी भएको थियो तर सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली नभएको बताउने गरेका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता भएको सूचना वा प्रमाण नपाएको जनाएका छन् ।

निहत्था नागरिकमाथि सेनाले गरिरहेको दमनको अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले निन्दा गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ७ : ३१ बजे

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला

व्यायाम : समय नभएको की प्राथमिकतामा नपरेको ?

काठमाडौं– आजकाल धेरै मानिसहरू ‘समय छैन’ भन्ने गुनासो गरिरहेका भेटिन्छन्