सेनाले गोली चलाउँदा म्यान्मारमा एकैदिन मारिए ११४ प्रदर्शनकारी | Khabarhub Khabarhub

सेनाले गोली चलाउँदा म्यान्मारमा एकैदिन मारिए ११४ प्रदर्शनकारी


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध सर्वसाधारणले गरेको प्रदर्शनमा सेनाले गोली चलाउँदा कम्तीमा ११४ प्रदर्शनकारी मारिएका छन् ।

स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार मारिने ११४ जनामा १३ वर्षीया किशोरीसहित २०भन्दा बढी बालबालिका छन् ।

सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएकै दिन सुरक्षाकर्मीको गोली लागी ११४ सर्वसाधारण मारिएका हुन् ।

पछिल्लो घटनासँगै म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि मारिने सर्वसाधारणको संख्या ४०० नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तस्वीर : रोयटर्स

जुन्ता शासकले राजधानी नेइपिडअमा ७६औँ सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए । त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले शहरमा सुरक्षाकर्मीले दमन गरेको हो ।

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेपछि लोकतन्त्र पक्षधरहरू आन्दोलित भइरहेका छन् । उनीहरूले देशका प्रमुख शहरहरूमा दैनिक प्रदर्शन चर्काउँदै लगेका छन् ।

सेनाले सत्ता हातमा लिएसँगै लोकतन्त्रवादी नेत्री तथा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) प्रमुख आङ सान सुचीलाई नियन्त्रणमा राखेको छ ।

नोभेम्बरमा भएको चुनावमा सुचीको दल (एनएलडी) अत्यधिक मतसहित विजयी भएको थियो तर सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली नभएको बताउने गरेका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता भएको सूचना वा प्रमाण नपाएको जनाएका छन् ।

निहत्था नागरिकमाथि सेनाले गरिरहेको दमनको अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले निन्दा गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ७ : ३१ बजे

संविधानको धारा ६१ (४) बमोजिम प्रधानमन्त्री बन्दै सुशीला कार्की

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को

सुशीला कार्कीको शपथलगत्तै यी तीनजना हुनेछन् मन्त्री

काठमाडौं – प्रधानमन्त्रीमा नियुक्ति भएपछि सुशीला कार्कीले शुक्रबार नै सानो

नयाँ प्रधानमन्त्रीको शपथ गृह मन्त्रालयको नयाँ भवनमा, हाजिरी पनि आजै

काठमाडौँ – अन्तरिम सरकार प्रमुख बन्न लागेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी

काठमाडौं – जेन–जी आन्दोलनले उग्र रूप लिएपछि उत्पन्न राजनीतिक संकटका

प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले संसद्‌ विघटन सिफारिस गर्ने सहमति

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकार प्रमुखमा शपथ लिएपछि