पत्रकार महासंघको अध्यक्षमा पाँचजनाको दावेदारी « Khabarhub

पत्रकार महासंघको अध्यक्षमा पाँचजनाको दावेदारी


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा पाँच जनाले उम्मेद्वारी दिएका छन् ।

अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोखरेलले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उमेदवारी दिएका छन् ।

यसैगरी महासचिवमा बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी र सुबोध गौतमले उम्मेद्वारी दिएका छन् ।

यस पटक पार्टीनिकटका पत्रकार संस्थाहरूका अतिरिक्त स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरू प्रशस्तै देखिएका छन् । यस पटकदेखि महासंघको निर्वाचन प्रत्यक्ष रुपमा सबै मतदाताले मत दिन पाउने व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले माओवादी केन्द्रनिकटको प्रेस संगठन, नेकपा एमाले माधव नेपाल समूहनिकटको प्रेस चौतारीसहितका अरु संस्थासँग मिलेर उम्मेदवारी दर्ता गराएको हो । युनियनले विपुल पोखरेलको नेतृत्वमा उम्मेदवारहरुलाई मैदानमा उतारको छ ।

यसैगरी नेकपा एमाले अध्यक्ष केपी ओली निकटको प्रेस चौतारीले पनि अरु केही साना संस्थासँगको साझेदारीमा निर्मला शर्माको नेतृत्वमा उम्मेदवारहरुलाई मैदानमा उतारेको छ ।

उता, युनियनमा भने आधिकारिक उम्मेदवारी नपाएपछि विद्रोही उम्मेदवारी पनि परेको छ । अध्यक्षमा रामप्रसाद दाहाल, उपाध्यक्षमा रामजी दाहाल र महासचिवमा राजेश मिश्र उक्त समूहका सदस्यहरू हुन् ।

चौतारीमा पनि दीपक पाठकले विद्रोही उम्मेदवारी दिनुभएको छ भने गजेन्द्र बुढाथोकीले आफूलाई श्रमजीवीहरूको प्रतिनिधि भन्दै मनोनयन दर्ता गराएका छन् ।

निर्वाचनका दिनसम्म कति जनाले फिर्ता लिने छन् र कति जनाको बीचमा मुख्य प्रतिष्पर्धा हुनेछ त्यसका लागि उम्मेदवारको अन्तिम सूची पर्खनुपर्नेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १२ : ३१ बजे

बाढी प्रभावित क्षेत्रको लागि प्राधिकरणले उपलब्ध गरायो २० थान स्याटेलाइट फोन

काठमाडौं– भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क कायम गर्ने उद्देश्यले

बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

भद्रपुर– भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५