आफ्नै बाबुबाट बलात्कृत छोरीले जन्माइन् छोरा | Khabarhub Khabarhub

आफ्नै बाबुबाट बलात्कृत छोरीले जन्माइन् छोरा


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा आफ्नै बाबुबाट पटक पटक बलात्कृत भई गर्भधारण गरेकी एक किशोरीले छोरा जन्माएकी छन् ।

बागलुङ स्थायी घर भई बिगत १५ बर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा बस्दै आएका अन्दाजी ६० वर्षीय बाबुले १४ बर्षकी किशोरीलाई पटक पटक बलात्कार गर्दा गर्भ बसेको थियो । आफ्नै बाबुको गर्भधारण गरेकी किशोरीले आइतबार तम्घास अस्पतालमा छोरा जन्माएकी हुन् ।

किशोरी र बच्चाको अवस्था स्वास्थ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

किशोरीकी आमाले दिएको जाहेरीका आधारमा बाबुलाई प्रकाउ गरिएको पाण्डेले बताए । अदालतबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बाबुले एउटा आँखाले देख्दैन् भने अर्को आँखाले सामान्य देख्छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १ : ५७ बजे

बागलुङको काठेखोलामा चियाको व्यावसायिक उत्पादन सुरु

बागलुङ– झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि बागलुङका चिया

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं – टोटनहाम हस्टस्पर्सले युरोपा लिगको उपाधि जितेको छ ।

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

क्रिकेटमा यूएईको सनसनीपूर्ण सफलता : जित्यो बंगलादेशविरुद्धको शृङ्खला

काठमाडौं – संयुक्त अरब इमिरेट्सले बङ्गलादेशविरुद्धको शृङ्खला जितेको छ। घरेलु