आफ्नै बाबुबाट बलात्कृत छोरीले जन्माइन् छोरा « Khabarhub

आफ्नै बाबुबाट बलात्कृत छोरीले जन्माइन् छोरा


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा आफ्नै बाबुबाट पटक पटक बलात्कृत भई गर्भधारण गरेकी एक किशोरीले छोरा जन्माएकी छन् ।

बागलुङ स्थायी घर भई बिगत १५ बर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा बस्दै आएका अन्दाजी ६० वर्षीय बाबुले १४ बर्षकी किशोरीलाई पटक पटक बलात्कार गर्दा गर्भ बसेको थियो । आफ्नै बाबुको गर्भधारण गरेकी किशोरीले आइतबार तम्घास अस्पतालमा छोरा जन्माएकी हुन् ।

किशोरी र बच्चाको अवस्था स्वास्थ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

किशोरीकी आमाले दिएको जाहेरीका आधारमा बाबुलाई प्रकाउ गरिएको पाण्डेले बताए । अदालतबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बाबुले एउटा आँखाले देख्दैन् भने अर्को आँखाले सामान्य देख्छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १ : ५७ बजे

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय

प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिप्रति सांसद शाहीको आपत्ति

काठमाडौं- प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई

समूह ‘एल’ : ग्रुप अफ डेथमा इङ्ल्यान्ड, क्रोएसिया, घाना र पानामा

काठमाडौं– इङ्ल्यान्ड, क्रोएसिया, पानामा र घानाको उपस्थितीले समूह ‘एल’लाई आसन्न

सभामुखले दिएनन् श्रम संस्कृतिलाई समय

काठमाडौं–  सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीलाई बोल्ने समय दिएका

श्रम संस्कृति पार्टीलाई बोल्न नदिएपछि विरोध

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई बोल्न नदिएपछि