यस्तो रह्यो नेपाली कलाकारको होली | Khabarhub Khabarhub

यस्तो रह्यो नेपाली कलाकारको होली


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज काठमाडौं उपत्याकासहित देशको पहाडी क्षेत्र होलीमय बनेको छ । कोरोना संक्रमणको जोखिम पुनः बढेसँगै गत वर्षजस्तै योपटकको होली पनि सतर्कता अपनाएर घरभित्रै सीमित गर्न आग्रह गरिएको छ ।

नेपाली कलाकारहरुले पनि होली पर्व सतर्कताका साथ मनाइरहेका छन् । उनीहरुको सामाजिक सञ्जाल होलीमय बनेको छ ।

प्रियंका र आयुष्मान
नवविवाहित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले घरमै होली मनाएका छन् । प्रियंकाले होलीको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । साथै, भिडियो सेयर गर्दै उनीहरुले सबैलाई सावधानीका साथ र आफ्नो परिवारसँग मात्रै बसेर होली मनाउन पनि आग्रह गरेका छन् ।

रेखा थापा
नेपाली चलचित्र क्षेत्रकी ‘हिरो अभिनेत्री’को उपमा पाएकी रेखा थापाको इन्स्टाग्राम पनि होलीको रङले रंगिएको छ । उनले थरीथरीका रङहरु र हातभरि सजिएको आफ्नो फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले होलीको शुभकामना समेत दिएकी छन् ।

नाजिर हुसेन
अभिनेता नाजिर हुसेनको इन्स्टाग्राम पनि होलीमय बनेको छ । उनले रङसँग खेलेको आफ्नो तस्बिर सेयर गर्दै सबैमा होलीको शुभकामना साटेका छन् ।

केकी अधिकारी
अभिनेत्री केकी अधिकारीले पनि इन्स्टाग्राममा अनुहारभरि रङले भरिएको तस्बिर हाल्दै होलीको शुभकामना दिएकी छिन् । साथै, उनले यसपालिको होली सतर्क र स्वस्थ रहेर आफ्नै परिवारसँग घरमै बसेर मनाउन पनि आग्रह गरेकी छन् ।

करिश्मा मानन्धर
अभिनेत्री करिश्मा मान्नधरले ललितपुरस्थित आफ्नै घरमा नजिकका साथीहरु र परिवार सदस्यका साथ टीका मात्रै लगाएर होली मनाउँदै छिन् । फेसबुकमा भिडियो अपलोड गर्दै उनले सामाजिक दूरी कायम गरी होली र श्रीमान् विनोद मानन्धरको जन्मदिन मनाइरहेको जानकारी दिएकी छन्।

झरना र सुहाना
अभिनेत्री/निर्देशक झरना थापाले पनि आफ्नै घरमा परिवारसँग मात्रै सुरक्षित होली खेलेकी छिन् । उनले इन्टाग्राममा छोरी तथा अभिनेत्री सुहानासँगको होली खेलेको तस्बिर सार्वजनिक गर्दै होलीको शुभकामना दिएकी छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : ०५ बजे

एमालेमा वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्ताव, तीन उपाध्यक्षसहित ११ पदाधिकारी राखिने

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव

‘ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार’

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्र

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उचित भूमिका दिन तयार हुनुपर्ने कुरा

राजनीतिमा फर्किने विद्याको प्रयासबारे के भन्छन् केपी ओली ?

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

वीरगञ्ज– मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्जस्थित वीरगञ्ज