यस्तो रह्यो नेपाली कलाकारको होली « Khabarhub

यस्तो रह्यो नेपाली कलाकारको होली


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज काठमाडौं उपत्याकासहित देशको पहाडी क्षेत्र होलीमय बनेको छ । कोरोना संक्रमणको जोखिम पुनः बढेसँगै गत वर्षजस्तै योपटकको होली पनि सतर्कता अपनाएर घरभित्रै सीमित गर्न आग्रह गरिएको छ ।

नेपाली कलाकारहरुले पनि होली पर्व सतर्कताका साथ मनाइरहेका छन् । उनीहरुको सामाजिक सञ्जाल होलीमय बनेको छ ।

प्रियंका र आयुष्मान
नवविवाहित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले घरमै होली मनाएका छन् । प्रियंकाले होलीको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । साथै, भिडियो सेयर गर्दै उनीहरुले सबैलाई सावधानीका साथ र आफ्नो परिवारसँग मात्रै बसेर होली मनाउन पनि आग्रह गरेका छन् ।

रेखा थापा
नेपाली चलचित्र क्षेत्रकी ‘हिरो अभिनेत्री’को उपमा पाएकी रेखा थापाको इन्स्टाग्राम पनि होलीको रङले रंगिएको छ । उनले थरीथरीका रङहरु र हातभरि सजिएको आफ्नो फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले होलीको शुभकामना समेत दिएकी छन् ।

नाजिर हुसेन
अभिनेता नाजिर हुसेनको इन्स्टाग्राम पनि होलीमय बनेको छ । उनले रङसँग खेलेको आफ्नो तस्बिर सेयर गर्दै सबैमा होलीको शुभकामना साटेका छन् ।

केकी अधिकारी
अभिनेत्री केकी अधिकारीले पनि इन्स्टाग्राममा अनुहारभरि रङले भरिएको तस्बिर हाल्दै होलीको शुभकामना दिएकी छिन् । साथै, उनले यसपालिको होली सतर्क र स्वस्थ रहेर आफ्नै परिवारसँग घरमै बसेर मनाउन पनि आग्रह गरेकी छन् ।

करिश्मा मानन्धर
अभिनेत्री करिश्मा मान्नधरले ललितपुरस्थित आफ्नै घरमा नजिकका साथीहरु र परिवार सदस्यका साथ टीका मात्रै लगाएर होली मनाउँदै छिन् । फेसबुकमा भिडियो अपलोड गर्दै उनले सामाजिक दूरी कायम गरी होली र श्रीमान् विनोद मानन्धरको जन्मदिन मनाइरहेको जानकारी दिएकी छन्।

झरना र सुहाना
अभिनेत्री/निर्देशक झरना थापाले पनि आफ्नै घरमा परिवारसँग मात्रै सुरक्षित होली खेलेकी छिन् । उनले इन्टाग्राममा छोरी तथा अभिनेत्री सुहानासँगको होली खेलेको तस्बिर सार्वजनिक गर्दै होलीको शुभकामना दिएकी छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : ०५ बजे

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण

ट्राफिक कारबाहीबाट १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको