प्रदेश १ को संसद बैठक चैत २३ गते « Khabarhub

प्रदेश १ को संसद बैठक चैत २३ गते


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ को प्रदेशसभाको बैठक २३ चैतमा बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै २३ चैत दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाएको हो ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेभित्र चर्किएको विवादका कारण प्रदेश १ को प्रदेशसभा बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।

प्रदेश १ को प्रदेशसभा बैठक ९ फागुनयता बस्न सकेको छैन । २० फागुन र २ चैतका लागि बोलाइएका प्रदेशसभा बैठक सत्तासीन दलभित्रको विवादका कारण स्थगित भएका थिए ।

प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । तर, सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी ब्युँतिएपछि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु हस्ताक्षर फिर्ता लिन सहमत भएकाले प्रस्ताव फेल हुने निश्चित भएको छ ।

सचिवालयद्वारा जारी सूचन यस्तो छ 

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : १५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका