एक प्रेरक प्रसङ्ग ‘बोलीको चमत्कार’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘बोलीको चमत्कार’


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एकजना राजा शिकारका लागि निस्के । बाटोमा उनलाई तिर्खा लाग्यो । जङ्गलमा सूरदास भन्ने व्यक्तिको झुपडी थियो । त्यहाँ एउटा गाग्रो राखिएको थियो ।

राजाले सिपाहीलाई त्यहाँबाट पानी ल्याउन आदेश दिए । सूरदासको नजिक पुगेर सिपाहीले भने— ए अन्धा ! थोरै पानी देऊ ।

सूरदासले भने— यहाँबाट गइहाल, तिमीले पानी पाउने छैनौ ।

त्यसपछि सेनापति पानी माग्न गए । उनले पनि सूरदाससँग रुखो बोली बोले । सूरदासले सेनापतिलाई पनि पानी दिएनन् । त्यसपछि राजा आफै सूरदासकहाँ गए ।

राजाले अन्धोलाई नमस्कार गर्दै भने— बाबा ! मलाई एकदमै तिर्खा लागेको छ, थोरै पानी दिनुहुन्छ कि ?

सूरदासले राजालाई सत्कारपूर्वक बसाए र भने— राजन ! तपाईंलाई जति पानी चाहिएको छ लिनुस् र अन्य कुनै चिजको आवश्यकता भएमा त्यो पनि भन्नुस् ।

राजाले पानी पिएपछि सूरदासलाई सोधे— तपाईंले हेर्न सक्नुहुन्न तर पनि म राजा हुँ भनेर कसरी थाहा पाउनुभयो ?

सूरदासले भने— बोलिले व्यक्तिको श्रेष्ठता थाहा पाइन्छ ।

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : १३ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै