दिल्लीलाई हराउँदै बैंगलोर आइपीएलको शीर्ष स्थानमा « Khabarhub

दिल्लीलाई हराउँदै बैंगलोर आइपीएलको शीर्ष स्थानमा


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेले पनि दिल्लीलाई जित दिलाउन सकेनन् ।

कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए । हिटमायरले अविजित ५३ रन जोडे । यस्तै मार्कुस स्टोनिसले २२ रन जोड्दा पृथ्वी शले २१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै रजत पाटीदरले ३१ रन जोड्दा ग्लेन म्याक्स्वेलले २५ रन जोडे । कप्तान विराट कोहली १२ रनमा आउट हुँदा देबदुत पडिकलले १७ रन बनाए ।

जितसँगै बैंगलोर ६ खेलमा १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । दिल्ली ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : २८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु