मे १ सम्म रूसी खोप स्पुत्निक–भी पनि भारत पुग्ने « Khabarhub

मे १ सम्म रूसी खोप स्पुत्निक–भी पनि भारत पुग्ने


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को (एएनआई)- कोरोनाभाइरसको दोस्रो लहरसँग लडिरहेको भारतमा कोभिड–१९ विरूद्धको रूसी खोप स्पुत्निक–भी मे १ सम्म पुग्ने भएको छ ।

यसका लागि भारत सरकार र रूसबीच यस पहिले नै सम्झौता भइसकेको छ ।

रूसी प्रत्यक्ष लगानी कोष (आरडीआइएफ)का कार्यकारी अधिकृत किरिल दिमित्रीभका अनुसार कम्पनीले खोपलाई सकेसम्म छिटो भारत पुर्‍याउने गरी तयारी भएको छ ।

दिमित्रीभले सीएनएनसँगको अन्तर्वार्तामा भने, “स्पुत्निकको पहिलो मात्रा खोप मे १ सम्म नयाँ दिल्ली पुग्नेछ साथै भारत स्पुतनिक–भी का प्रमुख उत्पादकहरूमध्ये एक हुनेछ ।’

भारतीय चिकित्सकहरूले खोपको छिटो पहुँच होस् भन्ने चाहेका पनि उनले बताए ।

“स्पुतनिक खोपको राम्रो अध्ययन र धेरै राम्रो ‘ब्याकअप’ छ, त्यसैले म आशा गर्छु कि हामीसँग यो खोप पनि यथासक्दो चाँडो आउनेछ,” रूसी समाचार संस्था तासले नयाँ दिल्लीको सुपर स्पेशलिटी अस्पतालका वरिष्ठ चिकित्सक संदीपनेयरलाई उद्धृत गरी लेखेको छ ।

हाल भारतले एस्ट्राजेनेका र युनिभर्सिटी अफ अक्सफोर्डले बनाएको कोभिशिल्ड र भारतको बायोटेकले बनाएको कोभ्याक्सिन गरी कोरोना भाईरसका दुई खोपलाई प्रयोग गरिरहेको छ ।

रूसले स्पुत्निक भीलाई विश्वको सबैभन्दा पहिले मान्यताप्राप्त कोरोनाभाइरस खोपका रूपमा दर्ता गरेको थियो । उसले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएको छ । यो खोप विश्वभरिका विभिन्न ६० देशहरूमा आपतकालिन प्रयोगको लागि अनुमोदित भएको छ ।

द ल्यान्सेटमा प्रकाशित परीक्षणको एक अन्तरिम विश्लेषणका अनुसार खोपको ९१.६ प्रतिशत प्रभावकारिता छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : ५७ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका