शरमनलाई ट्वाइलेटमा गरिएको थियो ‘थ्री इडियट्स’को अफर « Khabarhub

शरमनलाई ट्वाइलेटमा गरिएको थियो ‘थ्री इडियट्स’को अफर


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– तपाईंले फिल्म ‘थ्री इडियट्स’ हेर्नुभएको छ भने फिल्ममा राजुको चरित्रमा अभिनय गर्ने कलाकार शरमन जोशीलाई पक्कै याद गर्नुभएको होला । फिल्ममा उनको चरित्रलाई धेरैले मनपराए ।

तर यो फिल्ममा उनले अभिनयको प्रस्ताव आउनुको पछाडि एउटा गज्जब किस्सा छ । त्यो के हो भने उनलाई यो फिल्मका लागि निर्देशक राजकुमार हिरानीले ट्वाइलेटमा अभिनयकाे प्रस्ताव गरेका थिए ।

आजतकमा प्रकाशित समाचार अनुसार शरमनले एक लाइभ च्याट शोमा आफूलाई ट्वाइलेटमा हिरानीले अफर गरेको खुलाएका छन् । ‘म एक मिटिङमा गएको थिएँ । तर त्यो मिटिङ हुन समय लागेपछि म फिल्म हेर्नका लागि थिएटर पुगें । जहाँ मैले निर्देशक राजकुमार हिरानीलाई देखें । तर उहाँ अन्य व्यक्तिसँग कुराकानीमा व्यस्त हुनुहुन्थ्यो । त्यहाँ डिस्टर्ब गर्नुहुँदैन भनेर म काउण्टर तिर पुगें । तर टिकट पाइएन’, उनले भनेका छन् ।

उनी टिकट नपाएपछि फर्किन लागेका थिए । त्यही बेला निर्देशक हिरानीले उनको नाम बोलाए । आफ्नो नामबाट बोलाएपछि शरमन निकै खुशी भए । ‘मलाई तिम्रो काम मनपरेको छ । एक फिल्मका लागि तिमीसँग कुराकानी गर्नुपर्नेछ । म चाँडै तिमीलाई सम्पर्क गर्नेछु’, आफूलाई हिरानीले भनेको कुरा उनी सम्झन्छन् ।

तर केही समय बिते पनि उनलाई कुनै फोन आएन । तर एकदिनम उनले एक अडिटोरियमको ट्वाइलेटमा राजकुमारलाई भेटे । त्यो बेला उनले आफूसँग एक फिल्मको कथा रहेको र त्यसको एक चरित्रका लागि शरमनसँग कुरा गर्ने बताए ।
‘हिरानीसँग जतिपटक फिल्मको बारे सल्लाह गर्न भेट भयो, त्यो स्थान ट्वाइलेट नै थियो । अन्तिम पटक त्यहाँ भेट्दा चाहिँ उहाँले मलाई अफिसमै बोलाउनुभयो । अनि अडिसन दिएँ र थ्री इडियट्समा मौका पाएँ’, उनले भनेका छन् ।

शरमनले ‘लज्जा’, ‘स्टाइल’, ‘एक्सक्युज मी’, ‘शादी नम्बर १’ र ‘रंग दे बसन्ती’ जस्ता फिल्ममा अभिनय गरेका छन् । उनले ‘थ्री इडियट्स’, ‘रंग दे वसन्ती’ र ‘गोलमाल’बाट पहिचान पाए ।

शरमदन बलिउडका प्रख्यात अभिनेता प्रेम चोपडाका ज्वाइँ हुन् । शरमनले उनकी छोरी प्रेरणासँग सन् २००० मा विवाह गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १२ : २५ बजे

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको