शरमनलाई ट्वाइलेटमा गरिएको थियो ‘थ्री इडियट्स’को अफर « Khabarhub

शरमनलाई ट्वाइलेटमा गरिएको थियो ‘थ्री इडियट्स’को अफर


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– तपाईंले फिल्म ‘थ्री इडियट्स’ हेर्नुभएको छ भने फिल्ममा राजुको चरित्रमा अभिनय गर्ने कलाकार शरमन जोशीलाई पक्कै याद गर्नुभएको होला । फिल्ममा उनको चरित्रलाई धेरैले मनपराए ।

तर यो फिल्ममा उनले अभिनयको प्रस्ताव आउनुको पछाडि एउटा गज्जब किस्सा छ । त्यो के हो भने उनलाई यो फिल्मका लागि निर्देशक राजकुमार हिरानीले ट्वाइलेटमा अभिनयकाे प्रस्ताव गरेका थिए ।

आजतकमा प्रकाशित समाचार अनुसार शरमनले एक लाइभ च्याट शोमा आफूलाई ट्वाइलेटमा हिरानीले अफर गरेको खुलाएका छन् । ‘म एक मिटिङमा गएको थिएँ । तर त्यो मिटिङ हुन समय लागेपछि म फिल्म हेर्नका लागि थिएटर पुगें । जहाँ मैले निर्देशक राजकुमार हिरानीलाई देखें । तर उहाँ अन्य व्यक्तिसँग कुराकानीमा व्यस्त हुनुहुन्थ्यो । त्यहाँ डिस्टर्ब गर्नुहुँदैन भनेर म काउण्टर तिर पुगें । तर टिकट पाइएन’, उनले भनेका छन् ।

उनी टिकट नपाएपछि फर्किन लागेका थिए । त्यही बेला निर्देशक हिरानीले उनको नाम बोलाए । आफ्नो नामबाट बोलाएपछि शरमन निकै खुशी भए । ‘मलाई तिम्रो काम मनपरेको छ । एक फिल्मका लागि तिमीसँग कुराकानी गर्नुपर्नेछ । म चाँडै तिमीलाई सम्पर्क गर्नेछु’, आफूलाई हिरानीले भनेको कुरा उनी सम्झन्छन् ।

तर केही समय बिते पनि उनलाई कुनै फोन आएन । तर एकदिनम उनले एक अडिटोरियमको ट्वाइलेटमा राजकुमारलाई भेटे । त्यो बेला उनले आफूसँग एक फिल्मको कथा रहेको र त्यसको एक चरित्रका लागि शरमनसँग कुरा गर्ने बताए ।
‘हिरानीसँग जतिपटक फिल्मको बारे सल्लाह गर्न भेट भयो, त्यो स्थान ट्वाइलेट नै थियो । अन्तिम पटक त्यहाँ भेट्दा चाहिँ उहाँले मलाई अफिसमै बोलाउनुभयो । अनि अडिसन दिएँ र थ्री इडियट्समा मौका पाएँ’, उनले भनेका छन् ।

शरमनले ‘लज्जा’, ‘स्टाइल’, ‘एक्सक्युज मी’, ‘शादी नम्बर १’ र ‘रंग दे बसन्ती’ जस्ता फिल्ममा अभिनय गरेका छन् । उनले ‘थ्री इडियट्स’, ‘रंग दे वसन्ती’ र ‘गोलमाल’बाट पहिचान पाए ।

शरमदन बलिउडका प्रख्यात अभिनेता प्रेम चोपडाका ज्वाइँ हुन् । शरमनले उनकी छोरी प्रेरणासँग सन् २००० मा विवाह गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १२ : २५ बजे

कोइराला परिवारका शेखर–शशांकसँग नेतृत्वचेत देखिएन : अमरसिंह पुन

काठमाडौं- पार्टीलाई विधि विधानबाट चलाउनु पर्छ भन्ने आवाज बुलन्द गर्दै

जेन-जी सहिदकी दिदी भन्छिन्- मेरो भाइको नाममा सालिक बनाइयोस्

काठमाडौं– पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष

विशेष महाधिवेशनमा विनोद चौधरी पनि उपस्थित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेता मानिएका

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको