सुतिरहेकी महिलामाथि आगो लगाएर हत्याको प्रयास « Khabarhub

सुतिरहेकी महिलामाथि आगो लगाएर हत्याको प्रयास


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – डोटीमा सुतिरहेकी एक महिलामाथि जिउँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ ।

प्रहरीकाअनुसार आदर्श गाउँपालिका वडा नम्बर– ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले आगो लगाइएर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका एसपी दानबहादुर मल्लका अनुसार मध्यरातको समयमा भाटको शरीरमा आगो लगाइएको बुझिएको छ ।

एसपी मल्लका अनुसार आगोले जलेर गम्भीर घाइते भएकी महिलाको राजपुरस्थित सुजंङ्ग अस्पतालमा उपचार भइरहेको छ । घाइतेको दुवै खुट्टा, अनुहार, पेट र दायाँ हातमा गम्भीर चोट रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ४ : ४५ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन