सुतिरहेकी महिलामाथि आगो लगाएर हत्याको प्रयास | Khabarhub Khabarhub

सुतिरहेकी महिलामाथि आगो लगाएर हत्याको प्रयास


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – डोटीमा सुतिरहेकी एक महिलामाथि जिउँदै आगो लगाएर हत्या गर्ने प्रयास भएको छ ।

प्रहरीकाअनुसार आदर्श गाउँपालिका वडा नम्बर– ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले आगो लगाइएर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका एसपी दानबहादुर मल्लका अनुसार मध्यरातको समयमा भाटको शरीरमा आगो लगाइएको बुझिएको छ ।

एसपी मल्लका अनुसार आगोले जलेर गम्भीर घाइते भएकी महिलाको राजपुरस्थित सुजंङ्ग अस्पतालमा उपचार भइरहेको छ । घाइतेको दुवै खुट्टा, अनुहार, पेट र दायाँ हातमा गम्भीर चोट रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ४ : ४५ बजे

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा