दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी « Khabarhub

दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली दक्षिण अफ्रिकाले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १६ रनले पराजित गर्दै सिरिज एक-एकको बराबरीमा पनि ल्याएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेट्चरले ३५ रन जोड्दा फाबियन एलनले ३४ रन बनाए  । इभिन लेविसले २१ तथा जासन होल्डरले २० रन बनाए ।

दक्षिण अफ्रिकाका कागिसो राबडाले ३ तथा जर्ज लिन्डेले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टिम्बा बाभुमाले सर्वाधिक ४६ रन बनाए । यस्तै रिजा हेन्ड्रिक्सले ४२ रन जोड्दा क्विन्टन डी ककले २६ रन बनाए ।

पाँच खेलको सिरिजमा पहिलो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १० : ३५ बजे

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को

काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला