राजकुमारले मनीषालाई भने–फिल्म बाँदर निर्देशकले बनाउछन् « Khabarhub

राजकुमारले मनीषालाई भने–फिल्म बाँदर निर्देशकले बनाउछन्


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडमा राजकुमार एक यस्तो नाम हुन्, जो सदाका लागि फिल्म इतिहासको एक हिस्सा बने । उनी आफ्नो कडा बोलीका कारण चर्चित बनिरहे ।

फिल्म ‘इनसानियत के देवता’मा राजकुमारले अभिनेत्री मनीषा कोइरालासँग सहकार्य गरेका थिए । यो फिल्मको सुटिङमा मनीषासँग जोडिएको एक किस्सा अहिले पनि बलिउडमा चर्चाको विषय बन्ने गरेको छ ।

यो फिल्मको सुटिङमा मनीषालाई राजकुमारले भनेको एउटा संवाद अहिले पनि सम्झना आइरहन्छन् । उनले एक अन्तरवार्तामा राजकुमारले आफूलाई भनेको त्यो कुरा सधैं सम्झिइरहने उल्लेख गरेकी छन् ।

मनीषाले बलिउडमा फिल्म ‘सौदागर’बाट करियरको सुरुवात गरिन् । यो फिल्ममा राजकुमारको पनि अभिनय थियो । त्यहीकारण पनि राजकुमारको बोल्ने शैली कस्तो छ भन्ने कुरामा मनीषा जानकार थिइन् । राजकुमारको ठाडो र कडा बोल्ने शैलीका कारण मनीषा राजकुमारबाट टाढिन खोज्थिइन् ।

एकदिन फिल्म ‘इनसानियत के देवता’को सेटमा मनीषा चुपचापका साथ बसिरहेकी थिइन् । मनीषालाई शान्त बसेको देखेर राजकुमार उनको छेउमा पुगेर ‘तिमी आज यती धेरै उदास किन छौ छोरी ?’ भनी सोधे ।

त्यो समयमा ‘सौदागर’ पछि मनीषाका कैयौं फिल्म फ्लप भइरहेका थिए । त्यहीकारण पनि उनमा चिन्ता बढेको थियो । यो कुरा राजकुमारले पनि बुझेका थिए । उनले मनीषालाई ‘के तिमी आफ्नो फिल्म फ्लप भएका कारण चिन्तित छौ ?’ भनेर सोधे ।

‘तिमी चिन्तित नहुनु । यी फिल्म बाँदर निर्देशकले बनाउछन्’, उनले मनीषालाई भने । मनीषालाई यसो भनिरहँदा ‘इनसानियत के देवता’का निर्देशक त्यही उभिएर राजकुमारको कुरा सुनिरहेका थिए ।

राजकुमारले निर्देशककै अगाडि ‘बाँदर’ भने पनि ती निर्देशकले कुनै प्रतिक्रिया जनाएनन् । किनकी राजकुमार कडा र मनमा पाप नराखी बोल्छन् भन्ने थाहा थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ११ : २० बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको