राजकुमारले मनीषालाई भने–फिल्म बाँदर निर्देशकले बनाउछन् | Khabarhub Khabarhub

राजकुमारले मनीषालाई भने–फिल्म बाँदर निर्देशकले बनाउछन्


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडमा राजकुमार एक यस्तो नाम हुन्, जो सदाका लागि फिल्म इतिहासको एक हिस्सा बने । उनी आफ्नो कडा बोलीका कारण चर्चित बनिरहे ।

फिल्म ‘इनसानियत के देवता’मा राजकुमारले अभिनेत्री मनीषा कोइरालासँग सहकार्य गरेका थिए । यो फिल्मको सुटिङमा मनीषासँग जोडिएको एक किस्सा अहिले पनि बलिउडमा चर्चाको विषय बन्ने गरेको छ ।

यो फिल्मको सुटिङमा मनीषालाई राजकुमारले भनेको एउटा संवाद अहिले पनि सम्झना आइरहन्छन् । उनले एक अन्तरवार्तामा राजकुमारले आफूलाई भनेको त्यो कुरा सधैं सम्झिइरहने उल्लेख गरेकी छन् ।

मनीषाले बलिउडमा फिल्म ‘सौदागर’बाट करियरको सुरुवात गरिन् । यो फिल्ममा राजकुमारको पनि अभिनय थियो । त्यहीकारण पनि राजकुमारको बोल्ने शैली कस्तो छ भन्ने कुरामा मनीषा जानकार थिइन् । राजकुमारको ठाडो र कडा बोल्ने शैलीका कारण मनीषा राजकुमारबाट टाढिन खोज्थिइन् ।

एकदिन फिल्म ‘इनसानियत के देवता’को सेटमा मनीषा चुपचापका साथ बसिरहेकी थिइन् । मनीषालाई शान्त बसेको देखेर राजकुमार उनको छेउमा पुगेर ‘तिमी आज यती धेरै उदास किन छौ छोरी ?’ भनी सोधे ।

त्यो समयमा ‘सौदागर’ पछि मनीषाका कैयौं फिल्म फ्लप भइरहेका थिए । त्यहीकारण पनि उनमा चिन्ता बढेको थियो । यो कुरा राजकुमारले पनि बुझेका थिए । उनले मनीषालाई ‘के तिमी आफ्नो फिल्म फ्लप भएका कारण चिन्तित छौ ?’ भनेर सोधे ।

‘तिमी चिन्तित नहुनु । यी फिल्म बाँदर निर्देशकले बनाउछन्’, उनले मनीषालाई भने । मनीषालाई यसो भनिरहँदा ‘इनसानियत के देवता’का निर्देशक त्यही उभिएर राजकुमारको कुरा सुनिरहेका थिए ।

राजकुमारले निर्देशककै अगाडि ‘बाँदर’ भने पनि ती निर्देशकले कुनै प्रतिक्रिया जनाएनन् । किनकी राजकुमार कडा र मनमा पाप नराखी बोल्छन् भन्ने थाहा थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ११ : २० बजे

अमेरिकामा आप्रवासी संकट, घरबारविहीनको सङ्ख्या उच्च

न्यूयोर्क – संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको

प्रमुख दलहरूको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री

कास्की– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरूसँगको  सहमतिमा

क्यानाडामा लहरे खोकीका बिरामी निरन्तर बढ्दै

एजेन्सी – क्यानडाका विभिन्न प्रान्त र क्षेत्रमा लहरेखोकी अर्थात् १००

माधवले सम्झिए गिरिजा र माओवादी लडाकु

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन विद्रोही

‘प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा पीएल’  

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्वप्रमुख