कतारमा २० लाखले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

कतारमा २० लाखले लगाए कोरोनाविरुद्धको खोप


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा २० लाखभन्दा बढीले व्यक्तिहरुले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । राष्ट्रिय खोप कार्यक्रम शुरुभएदेखि अहिलेसम्म २० लाख १३ हजार ८० जनाले कम्तिमा पहिलो डोज खोप प्राप्त गरिसकेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ३७ लाख ८ हजार ५५१ डोज खोप वितरण भैसकेको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा २२ हजार ९६० डोज खोप वितरण गरिएको जनाएको छ ।

अहिलेसम्म योग्ग जनसंख्याको ८१ प्रतिसतले खोपको पहिलो डोज प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ । बढी उमेर समूहलाई प्रथामिकतामा राखेर सुरुवात गरिएको खोप अभियानमा ६० बर्ष भन्दा माथिका ९३.५ प्रतिसतले व्यक्तिले पूरा खोपको मात्र लगाईसकेको मन्त्रालयले जनाएको छ ।

कतारमा पछिल्लो २४ घण्टामा १४६ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २५ हजार ५२२ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख २३ हजार २१० पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ६०० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १ हजार ७ सय १२ वटा ‘एक्टिभ’ केस छन् भने ६८ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये २५ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन। अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाईसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई खोप लिन समेत मन्त्रालयले आग्रह गरेको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप दिइरहेको छ । तस्वीर : एफपी

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : ४८ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान