‘सरपट्टा परंबराई’को हिन्दी रिमेकमा रणवीर ! « Khabarhub

‘सरपट्टा परंबराई’को हिन्दी रिमेकमा रणवीर !


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– तमिल फिल्म स्टार आर्याको हालै रिलिज फिल्म ‘सरपट्टा परंबराई’ले दर्शकबाट राम्रो प्रशंसा पाइरहेको छ । निर्देशक पा रञ्जीतको यो स्पोर्टस् ड्रामा फिल्मले समीक्षात्मक रुपमा राम्रो तारिफ पाइरहेको छ ।

फिल्ममा आर्याले ८० को दशकको बक्सरको भूमिका निभाएका छन् । उनको भूमिका बक्सिङसँगै एक डार्क पोस्ट देखाइएको छ । अब यो फिल्मको हिन्दी भर्सन बन्ने चर्चा बलिउडमा छन् । फिल्मको रिमेक भर्सनमा कसले आर्याको भूमिका निभाउदैछन् भन्ने चर्चा चलिरहँदा आर्याले भने यो भूमिकामा रणवीर सिंह नै उपयुक्र्त हुने बताएका छन् ।

‘मलाई लाग्छ कि ‘सरपट्टा परंबराई’को हिन्दी भर्सन बनाइयो भने फिल्म अभिनेता रणवीर सिंह यसका लागि उपयुक्त पात्र बन्न सक्छन् । मलाई शाहरुख खानसँग पनि प्रेम छ । यदि मलाई मौका मिल्यो भने म उनको साथ अवश्य नै काम गर्नेछु । म शाहरुख खान, आमिर खान र सलमान खान जस्ता बलिउड स्टारसँग काम गर्न चाहन्छु’, उनले भनेका छन् ।

आर्याको बुझाईमा वास्तविक जीवनमा कुनै पनि मानिसलाई बक्सिङ रिंगमा दुई मिनेट उभिनु पनि निकै गाह्रो काम हो । उनले आफू ‘रोकी’, ‘रेगिंग बुल’ र यस्तै अन्य बक्सिङ फिल्म हेरेर हुर्किएको बताउदै अहिले फिल्ममा बक्सरको भूमिकामा देखिँदा निकै रमाइलो लागेको खुलाए ।

फिल्म ‘सरपट्टा परंबराई’मा आर्याका अलावा पशुपति, जीएम सुन्दर, जोन कोके र जोन विजय जस्ता कलाकारले अभिनय गरेका छन् । कोरोना कहरका कारण यो फिल्मले पनि थिएटरको अनुहार हेर्न पाएन् । त्यहीकारण फिल्मलाई गत जुलाई २२ मा अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ३ : १० बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।