‘सरपट्टा परंबराई’को हिन्दी रिमेकमा रणवीर ! « Khabarhub

‘सरपट्टा परंबराई’को हिन्दी रिमेकमा रणवीर !


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– तमिल फिल्म स्टार आर्याको हालै रिलिज फिल्म ‘सरपट्टा परंबराई’ले दर्शकबाट राम्रो प्रशंसा पाइरहेको छ । निर्देशक पा रञ्जीतको यो स्पोर्टस् ड्रामा फिल्मले समीक्षात्मक रुपमा राम्रो तारिफ पाइरहेको छ ।

फिल्ममा आर्याले ८० को दशकको बक्सरको भूमिका निभाएका छन् । उनको भूमिका बक्सिङसँगै एक डार्क पोस्ट देखाइएको छ । अब यो फिल्मको हिन्दी भर्सन बन्ने चर्चा बलिउडमा छन् । फिल्मको रिमेक भर्सनमा कसले आर्याको भूमिका निभाउदैछन् भन्ने चर्चा चलिरहँदा आर्याले भने यो भूमिकामा रणवीर सिंह नै उपयुक्र्त हुने बताएका छन् ।

‘मलाई लाग्छ कि ‘सरपट्टा परंबराई’को हिन्दी भर्सन बनाइयो भने फिल्म अभिनेता रणवीर सिंह यसका लागि उपयुक्त पात्र बन्न सक्छन् । मलाई शाहरुख खानसँग पनि प्रेम छ । यदि मलाई मौका मिल्यो भने म उनको साथ अवश्य नै काम गर्नेछु । म शाहरुख खान, आमिर खान र सलमान खान जस्ता बलिउड स्टारसँग काम गर्न चाहन्छु’, उनले भनेका छन् ।

आर्याको बुझाईमा वास्तविक जीवनमा कुनै पनि मानिसलाई बक्सिङ रिंगमा दुई मिनेट उभिनु पनि निकै गाह्रो काम हो । उनले आफू ‘रोकी’, ‘रेगिंग बुल’ र यस्तै अन्य बक्सिङ फिल्म हेरेर हुर्किएको बताउदै अहिले फिल्ममा बक्सरको भूमिकामा देखिँदा निकै रमाइलो लागेको खुलाए ।

फिल्म ‘सरपट्टा परंबराई’मा आर्याका अलावा पशुपति, जीएम सुन्दर, जोन कोके र जोन विजय जस्ता कलाकारले अभिनय गरेका छन् । कोरोना कहरका कारण यो फिल्मले पनि थिएटरको अनुहार हेर्न पाएन् । त्यहीकारण फिल्मलाई गत जुलाई २२ मा अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ३ : १० बजे

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका