श्रद्धाले १० करोड माग्दा तर्सिए साजिद | Khabarhub Khabarhub

श्रद्धाले १० करोड माग्दा तर्सिए साजिद


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– अभिनेता कार्तिक आर्यनका साथ साजिद नाडियाडवालाको आगामी एपिक प्रेम कथाको फिल्म ‘सत्यनारायणको कथा(जसको नाम परिवर्तन हुँदैछ)’ घोषणा भएपछि यसको चर्चा सुरु भइसकेको छ । आधुनिक जीवन शैलीको सांगीतिक प्रेमकथाको फिल्ममा कार्तिकको अपोजिटमा ‘भूल भूलैया २’की अभिनेत्री कियारा आडवाणीले रोमान्स गर्दैछिन् ।

फिल्मका लागि यसअघि अभिनेत्री श्रद्धा कपूरलाई प्रस्ताव गरिएको थियो । तर श्रद्धाले चर्को पारिश्रमिक मागेपछि निर्माताले उनको स्थानमा कियारालाई मौका दिएका हुन् ।

‘फिल्ममा साजिदले कार्तिकको अपोजिटमा श्रद्धालाई राख्न चाहेका थिए । किनकी पर्दामा उनी फ्रेस जोडीलाई देखाउन चाहन्थे । तर फिल्मका लागि श्रद्धाले १० करोड रुपैंयाँ मागेपछि उनी तर्सिए । साजिद सामान्यतया आफ्नो फिल्ममा कलाकारहरुसँग पारिश्रमिकको मामलामा मोलमोलाई गर्दैनन् । साजिदको अघिल्लो फिल्म ‘बाघी ३’मा श्रद्धाले ४ करोड पारिश्रमिकमा काम गरेपछि साजिदले त्यतिनै पारिश्रमिक दिने योजना बनाएका थिए’, फिल्म निकट स्रोतले भनेको छ ।

श्रद्धा लण्डनमा दुई महिला प्रधान फिल्म ‘नागिन’ र ‘चालबाज’को सुटिङ गरिरहेकी छन् । त्यहीकारण पनि उनले महंगो पारिश्रमिकको माग गरेको अनुमान लगाइएको छ । साजिदले श्रद्धालाई साढे ७ करोड रुपैंयाँको प्रस्ताव गरेका थिए । तर श्रद्धा र उनको टिम १० करोड यता टसमस भएनन् । कियाराले भने फिल्मका लागि साढे ३ करोड पाश्रिमिक बुझेकी छन् ।

साजिदको प्रोडक्सनबाट बन्ने यो फिल्म ‘राष्ट्रिय पुरस्कार विजेता’ निर्देशक समीर विदवान्सले निर्देशन गर्नेछन् । चाँडै नै यो फिल्मको नयाँ नाम घोषणा गरिनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १२ : ३३ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं