श्रद्धाले १० करोड माग्दा तर्सिए साजिद « Khabarhub

श्रद्धाले १० करोड माग्दा तर्सिए साजिद


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– अभिनेता कार्तिक आर्यनका साथ साजिद नाडियाडवालाको आगामी एपिक प्रेम कथाको फिल्म ‘सत्यनारायणको कथा(जसको नाम परिवर्तन हुँदैछ)’ घोषणा भएपछि यसको चर्चा सुरु भइसकेको छ । आधुनिक जीवन शैलीको सांगीतिक प्रेमकथाको फिल्ममा कार्तिकको अपोजिटमा ‘भूल भूलैया २’की अभिनेत्री कियारा आडवाणीले रोमान्स गर्दैछिन् ।

फिल्मका लागि यसअघि अभिनेत्री श्रद्धा कपूरलाई प्रस्ताव गरिएको थियो । तर श्रद्धाले चर्को पारिश्रमिक मागेपछि निर्माताले उनको स्थानमा कियारालाई मौका दिएका हुन् ।

‘फिल्ममा साजिदले कार्तिकको अपोजिटमा श्रद्धालाई राख्न चाहेका थिए । किनकी पर्दामा उनी फ्रेस जोडीलाई देखाउन चाहन्थे । तर फिल्मका लागि श्रद्धाले १० करोड रुपैंयाँ मागेपछि उनी तर्सिए । साजिद सामान्यतया आफ्नो फिल्ममा कलाकारहरुसँग पारिश्रमिकको मामलामा मोलमोलाई गर्दैनन् । साजिदको अघिल्लो फिल्म ‘बाघी ३’मा श्रद्धाले ४ करोड पारिश्रमिकमा काम गरेपछि साजिदले त्यतिनै पारिश्रमिक दिने योजना बनाएका थिए’, फिल्म निकट स्रोतले भनेको छ ।

श्रद्धा लण्डनमा दुई महिला प्रधान फिल्म ‘नागिन’ र ‘चालबाज’को सुटिङ गरिरहेकी छन् । त्यहीकारण पनि उनले महंगो पारिश्रमिकको माग गरेको अनुमान लगाइएको छ । साजिदले श्रद्धालाई साढे ७ करोड रुपैंयाँको प्रस्ताव गरेका थिए । तर श्रद्धा र उनको टिम १० करोड यता टसमस भएनन् । कियाराले भने फिल्मका लागि साढे ३ करोड पाश्रिमिक बुझेकी छन् ।

साजिदको प्रोडक्सनबाट बन्ने यो फिल्म ‘राष्ट्रिय पुरस्कार विजेता’ निर्देशक समीर विदवान्सले निर्देशन गर्नेछन् । चाँडै नै यो फिल्मको नयाँ नाम घोषणा गरिनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १२ : ३३ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक