पाँच महिनामा विपद्का घटनामा १८० को मृत्यु, एक अर्बको क्षति « Khabarhub

पाँच महिनामा विपद्का घटनामा १८० को मृत्यु, एक अर्बको क्षति


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर विगत पाँच महिनामा प्राकृति विपद्का घटनामा १८० जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख यता शुक्रबार रातिसम्म देशभर विपद्का १५३९ घटना भएका छन् ।

यी घटनामा १८० जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता छन् । यस्तै ४०६ जना घाइते भएका छन् । विपद्का घटनाबाट १९६८ घरपरिवार प्रभावित बनेका छन् । यी घटनाबाट ९१ करोड ६२ लाख ८ हजार ३४२ रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो अवधिमा सबैभन्दा धेरै पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । यस्तै चट्यांमा परी ४२ जनाको मृत्यु भएको छ भने बाढीका कारण ३० जनाको मृत्यु भएको छ । सर्पदंशबाट १५ जना जंगली जनावरको आक्रमणमा २० जनाले ज्यान गुमाउनु परेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ३ : ४५ बजे

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका