पाँच महिनामा विपद्का घटनामा १८० को मृत्यु, एक अर्बको क्षति « Khabarhub

पाँच महिनामा विपद्का घटनामा १८० को मृत्यु, एक अर्बको क्षति


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर विगत पाँच महिनामा प्राकृति विपद्का घटनामा १८० जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख यता शुक्रबार रातिसम्म देशभर विपद्का १५३९ घटना भएका छन् ।

यी घटनामा १८० जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता छन् । यस्तै ४०६ जना घाइते भएका छन् । विपद्का घटनाबाट १९६८ घरपरिवार प्रभावित बनेका छन् । यी घटनाबाट ९१ करोड ६२ लाख ८ हजार ३४२ रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो अवधिमा सबैभन्दा धेरै पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । यस्तै चट्यांमा परी ४२ जनाको मृत्यु भएको छ भने बाढीका कारण ३० जनाको मृत्यु भएको छ । सर्पदंशबाट १५ जना जंगली जनावरको आक्रमणमा २० जनाले ज्यान गुमाउनु परेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ३ : ४५ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर