पहिरोमा पुरिएका ३ जनाको शव भेटियो « Khabarhub

पहिरोमा पुरिएका ३ जनाको शव भेटियो


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी पूर्व हुप्सेकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । बुधबारदेखिको अविरल वर्षापछि विहीबार राति पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका थिए ।

बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुसूदन सिंहले जानकारी दिए । उनका अनुसार शनिबार पहिरो पन्छाएर शव निकालिएको छ ।

पहिरोमा परि मृत्यु हुनेमा ४० बर्षीया धनमाया पुलामी, नातिनीहरु ६ वर्षकी देउमाया र ७ वर्षिया भूमीसरा पुलामी रहेका छन् ।

बुधवार रातिदेखि निरन्तर परेको बर्षाका कारण पहिरो जाँदा हुप्सेकोट गाउँपालिकाको पहाडी गाउँ रुम्सीको चारघरेमा बिहीवार राति तीन जना बेपत्ता भएका थिए ।

प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले शुक्रवार दिनभरको खोजतलास गर्दा फेला पार्न नसकेपछि शनिबार बिहानबाट पुनः खोजतलास गरिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ७ : २० बजे

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका