एकीकृत समाजवादीको जिल्ला भेला आयोजक कमिटी गठन « Khabarhub

एकीकृत समाजवादीको जिल्ला भेला आयोजक कमिटी गठन


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- नेकपा (एकीकृत समाजवादी)को बागलुङमा गठन प्रक्रिया थालिएको छ । शनिबार बागलुङ बजारमा समाजवादी पार्टीमा लागेका उपलब्धहरूको भेलाले केन्द्रीय नेतृत्वसँग समन्वय गरी जिल्ला भेला गर्ने गरी लालबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय पार्टीको जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ ।

तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका थापाको संयोजकमा जिल्ला भेला आयोजक कमिटी गठन गरेको हो । भेलाले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी, जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको चार सदस्यीय कार्यालय व्यवस्थापन उपसमिति, शालिकराम शर्माको संयोजकत्वमा सामाजिक सङ्घसंस्था समन्वय उपसमिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्बर श्रीष सदस्य रहेको तीन सदस्यीय जनप्रतिनिधि समन्वय उपसमित गठन गरेको जिल्ला भेलाका संयोजक लाल थापाले जानकारी दिए ।

यस्तै सुरज बोसेलको संयोजकत्वमा प्रदीप आचार्य, फणिन्द्र खड्कासहितको ३१ सदस्यीय युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटीलगायत पालिका, जनसङ्गठन, पेशागत सङ्गठनका विभिन्न उपसमिति गठन गरिएको छ । लाल थापाका अनुसार बृहत् जिल्ला भेलाको आयोजना गरी नयाँ पार्टीको जिल्ला कमिटी गठन गर्नका लागि जिल्ला भेला आयोजक कमिटी गठन गरिएको हो । छिट्टै जिल्ला भेलाको आयोजना गरी पार्टी गठनको तयारीमा समाजवादी बागलुङ अगाडि बढेको छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : ३७ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक