एकीकृत समाजवादीको जिल्ला भेला आयोजक कमिटी गठन « Khabarhub

एकीकृत समाजवादीको जिल्ला भेला आयोजक कमिटी गठन


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- नेकपा (एकीकृत समाजवादी)को बागलुङमा गठन प्रक्रिया थालिएको छ । शनिबार बागलुङ बजारमा समाजवादी पार्टीमा लागेका उपलब्धहरूको भेलाले केन्द्रीय नेतृत्वसँग समन्वय गरी जिल्ला भेला गर्ने गरी लालबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय पार्टीको जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ ।

तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका थापाको संयोजकमा जिल्ला भेला आयोजक कमिटी गठन गरेको हो । भेलाले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी, जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको चार सदस्यीय कार्यालय व्यवस्थापन उपसमिति, शालिकराम शर्माको संयोजकत्वमा सामाजिक सङ्घसंस्था समन्वय उपसमिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्बर श्रीष सदस्य रहेको तीन सदस्यीय जनप्रतिनिधि समन्वय उपसमित गठन गरेको जिल्ला भेलाका संयोजक लाल थापाले जानकारी दिए ।

यस्तै सुरज बोसेलको संयोजकत्वमा प्रदीप आचार्य, फणिन्द्र खड्कासहितको ३१ सदस्यीय युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटीलगायत पालिका, जनसङ्गठन, पेशागत सङ्गठनका विभिन्न उपसमिति गठन गरिएको छ । लाल थापाका अनुसार बृहत् जिल्ला भेलाको आयोजना गरी नयाँ पार्टीको जिल्ला कमिटी गठन गर्नका लागि जिल्ला भेला आयोजक कमिटी गठन गरिएको हो । छिट्टै जिल्ला भेलाको आयोजना गरी पार्टी गठनको तयारीमा समाजवादी बागलुङ अगाडि बढेको छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : ३७ बजे

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत– जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू

एजेन्सी– गाजा युद्ध पछि पहिलो पटक शनिबार वेस्ट बैंक र

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

घोराही (दाङ)- ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई