अफगानिस्तानमा भूकम्प, अमेरिकाद्वारा एक दिनमा ६८ सयको उद्धार « Khabarhub

अफगानिस्तानमा भूकम्प, अमेरिकाद्वारा एक दिनमा ६८ सयको उद्धार


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ ।

स्थानीय समयअनुसार शनिबार अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार ४.५ म्याग्नीच्युडको भूकम्पका कारण आमनागरिकमा त्रास फैलिएको छ । यो समाचार लेख्दासम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको पनि अधिकारीहरुले जनाएका छन् ।

भूकम्पले पारेको क्षतिका बारेमा थप विवरण आउन बाँकी रहेको र भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

अमेरिकाद्वारा एक दिनमा ६८ सयको उद्धार

अफगानिस्तान छाडेर बाहिरिन चाहेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा अमेरिकाले थप छ हजार ८०० लाई उद्धार गरेको छ । तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेको अधिकारीहरुले जनाएका छन् ।

तीमध्ये हजारौँ व्यक्तिलाई अमेरिकी र अन्य विभिन्न देशका विमानले उद्धार गरेर विभिन्न देशमा लगिदिने गरेका छन् । यही अगस्ट १४ देखि अहिलेसम्म दैनिक हजारौँ मानिस अफगानिस्तान छाडेर अन्य देश गएका छन् । पछिल्लो २४ घण्टामा अमेरिका विमानबाट मात्रै झण्डै छ हजार ८०० मानिस बाहिरिएको अधिकारीहरुले जनाएका छन् ।

योसँगै अफगानिस्तानबाट अमेरिकाले अहिलेसम्म उद्धार गरेकाहरुको सङ्ख्या एक लाख ११ हजार ९०० पुगेको छ । अफगानिस्तानको केन्द्रीय राजधानी काबुलस्थीत अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई उद्धार गरिएको हो । अफगानिस्तान छोड्न चाहनेको भीड विमानस्थलमा निरन्तर लागेपछि उनीहरुलाई रोक्न बिहीबार विमानस्थल नजिकै बम विस्फोटन गराइएको थियो । विस्फोटनमा परी १०० भन्दा बढीको मृत्यु भएको छ । तर पनि त्यहाँ जम्मा हुने क्रम र उद्धार गर्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् ।

बैंक बन्दको विरुद्धमा प्रदर्शन

राजनीतिक अवस्था परिवर्तनसँगै अफगानिस्तानको केन्द्रीय राजधानी काबुलमा रहेका बैंकहरु बन्द गरिएकोप्रति आपत्ति जनाउदै विरोध प्रदर्शन भएको छ । बैंकहरु बन्द हुदाँ आर्थिक कारोबार गर्न नपाएर आम उपभोक्ता मर्कामा परेको भन्दै शनिबार काबुलमा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी हजारौँ प्रदर्शनकारीले बैंकबाट प्रदान गरिने सेवा तत्काल सुरु गर्न माग गरेका थिए । प्रदर्शनमा महिलाहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो । एएनआई

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : १० बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’