तिहारपछि अमेरिकामा ‘थेत्लङ’ « Khabarhub

तिहारपछि अमेरिकामा ‘थेत्लङ’


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–किशोर सुब्बा निर्देशित लिम्बु भाषाको फिल्म ‘थेत्लङ’ अमेरिकामा तिहार पछि प्रदर्शन हुने भएको छ । यही अक्टोबर २ तारिकमा विशेष प्रदर्शनको तयारी गरिए पनि दशैं र तिहारको कारण फिल्म तिहारपछि रिलिज हुन लागेको हो ।

निर्देशक सुब्बाका अनुसार किरात याक्थुङ चुम्लुङ अमेरिकाको विशेष सहयोगमा र दिपक थेवेको संयोजकत्वमा न्यूयोर्कको ज्याक्सन हाईटस्थित सत्यनारायण हलमा प्रदर्शन गरिने तयारी भए पनि दुई चाडका कारण प्रदर्शन मितिलाई सारिएको हो ।

‘फिल्मका लागि सम्पूर्ण टिकट बिक्री भइसकेका छन् । तर अमेरिकामा रहेका नेपालीहरु दशैं र तिहार मनाउन नेपाल आउने भएकाले तत्काललाई फिल्मको प्रदर्शन स्थगित गरेका हौ’, उनले भने ।

फिल्म अब नोभेम्बर १४ मा अमेरिकाको ग्यालजुङ हलमा प्रदर्शन हुनेछ । फिल्ममा विशाल सेनेहाड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिवाङ, सागर केरुङ, सुखवीर लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्मातामा मणी ताम्लिङ र विराज लिम्बु रहेका छन् । ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित फिल्म सिक्किमको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । फिल्ममा दिनेश लिम्बु, कुल्बा सुब्बा, राजु, पबिन, मोनीको संगीत, हेमन्त योञ्जनको छायांकन, सुमनको सम्पादन र देउमान होन्दोक लिम्बुको कथा छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १ : ०४ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी