तिहारपछि अमेरिकामा ‘थेत्लङ’ « Khabarhub

तिहारपछि अमेरिकामा ‘थेत्लङ’


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–किशोर सुब्बा निर्देशित लिम्बु भाषाको फिल्म ‘थेत्लङ’ अमेरिकामा तिहार पछि प्रदर्शन हुने भएको छ । यही अक्टोबर २ तारिकमा विशेष प्रदर्शनको तयारी गरिए पनि दशैं र तिहारको कारण फिल्म तिहारपछि रिलिज हुन लागेको हो ।

निर्देशक सुब्बाका अनुसार किरात याक्थुङ चुम्लुङ अमेरिकाको विशेष सहयोगमा र दिपक थेवेको संयोजकत्वमा न्यूयोर्कको ज्याक्सन हाईटस्थित सत्यनारायण हलमा प्रदर्शन गरिने तयारी भए पनि दुई चाडका कारण प्रदर्शन मितिलाई सारिएको हो ।

‘फिल्मका लागि सम्पूर्ण टिकट बिक्री भइसकेका छन् । तर अमेरिकामा रहेका नेपालीहरु दशैं र तिहार मनाउन नेपाल आउने भएकाले तत्काललाई फिल्मको प्रदर्शन स्थगित गरेका हौ’, उनले भने ।

फिल्म अब नोभेम्बर १४ मा अमेरिकाको ग्यालजुङ हलमा प्रदर्शन हुनेछ । फिल्ममा विशाल सेनेहाड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिवाङ, सागर केरुङ, सुखवीर लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्मातामा मणी ताम्लिङ र विराज लिम्बु रहेका छन् । ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित फिल्म सिक्किमको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । फिल्ममा दिनेश लिम्बु, कुल्बा सुब्बा, राजु, पबिन, मोनीको संगीत, हेमन्त योञ्जनको छायांकन, सुमनको सम्पादन र देउमान होन्दोक लिम्बुको कथा छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १ : ०४ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते