उपमेयर कपमा तीन खेल हुँदै, पहिलो खेलमा सिमकोट र काठमाडौं भिड्दै « Khabarhub

उपमेयर कपमा तीन खेल हुँदै, पहिलो खेलमा सिमकोट र काठमाडौं भिड्दै


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज बिहीबार तीन खेल हुँदैछ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा हुने पहिलो खेलमा अहिले हुम्लाको सिमकोट गाउँपालिका र काठमाडौं महानगरपालिका भिड्दैछ ।

समूह ‘इ’अन्तर्गतको सो खेल प्रतियोगिताको दोस्रो दिन हुनुपर्ने तालिका रहेपनि प्राविधिक कारणले रोकिएपछि ११ गतेको लागि सारिएको थियो ।

यसअघि काठमाडौं महानगरपालिकाले समूहको पहिलो खेलमा इलामको रोङ गाउँपालिकासँग बराबरी खेल्दै अंक बाँडेको थियो । रोङ गाउँपालिकाले पनि सिमकोट गाउँपालिकाविरुद्ध जित निकाल्दै दुई खेलबाट चार अंक जोडेको रोङ समुहको शीर्षस्थानमा छ ।

आजको दोस्रो खेल दिउँसो १२ बजे समूह ‘आइ’ अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका र कञ्चनपुरको वेदकोट नगरपालिकाबीच हुनेछ । दुवै टोलीको यो पहिलो खेल हो ।

अन्तिम खेल दिउँसो ३ बजे धरान उपमहानगरपालिका र सुनकोशी गाउँपालिकाबीच हुनेछ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ३० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार