बाल अस्पताल निर्माणका लागि काठमाडौँ महानगरको चार करोड आर्थिक सहयोग « Khabarhub

बाल अस्पताल निर्माणका लागि काठमाडौँ महानगरको चार करोड आर्थिक सहयोग


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि विशिष्टिकृत सेवा दिने उदेश्यका साथ विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग गरेको छ ।

बुढानिलकण्ठमा निर्माण गर्ने उक्त अस्पतालका लागि काठमाडौँ महानगरपालिकाले चार करोड आर्थिक सहयोग गर्ने सम्झौता–पत्रमा आज हस्ताक्षर गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डाक्टर भगवान कोइरालाले सो सम्झौता–पत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले मुलुक संघीयतामा गैसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए ।

‘संघीय राजधानीबाट पाउने स्वास्थ्य सेवा अन्य प्रदेशबाट पनि प्राप्त गर्ने वातावरण निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्छु,’ शाक्यले भने, ‘नीजि क्षेत्रले स्वास्थ्यमा लगानी गर्न चाहन्छ भने त्यसका लागि समेत उपयुक्त वातावरण निर्माण गरेर अबका दिनमा स्वास्थ्य सेवाका लागि नागरिकले संघीय राजधानी नै धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ ।’

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै चाइल्ड हेल्थ अस्पताल निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बतए ।

‘विशेषज्ञहरुको समूले बालबालिकाको उपचारलाई केन्द्रित गरेर अस्पताल निर्माणको अभियान अघि बढाउनु भएको छ,’ शाक्यले भने, ‘सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिने गरी अघि बढ्नुहोला हामी सहयोगको हात अझै अघि बढाउन तयार छौँ ।’

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डाक्टर कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उदेश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताए ।

‘बालबालिकाका प्रत्येक रोगका बालरोग विज्ञहरुलाई एउटै छानमुनी राखेर काठमाडौँबाट सेवा दिने सामूहिक सपनालाई मूर्तरुप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौँ,’ डाक्टर कोइरालाले भने, ‘हामीले प्रत्येक प्रदेशमा पनि विशेषज्ञसहितको सेवा दिने योजनासहित अस्पताल निर्माणको काम अघि बढाएका छौँ । त्यहि अभियान अन्तरर्गत प्रदेश एकबाट हामी छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ ।’

उनले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगले काठमाडौँबाट एउटै छनामुनीबाट विशिष्टकृत सेवा दिने अभियानलाई मूर्तरुप प्रदान गरेको बताए ।

‘काठमाडौँमा हामीले २ सय बेडको अस्पताल निर्माणको तयारी गरेका छौँ,’ उनले भने, ‘काठमाडौँ महानगरपालिकाले गरेको सहयोग हाम्रो अभियानकालागि कोशेढुंगा बनेको छ । अब अस्पताल निर्माणको काम द्रुत गतिका साथ अघि बढ्छ ।’

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ११ : २२ बजे

सोमपालले नेपाललाई दिलाए छैठौँ सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियानअन्तर्गत तीनकुने–गैरीगाउँ क्षेत्रमा पनि डोजर

यूएईले गुमायो पाचौँ विकेट, सोमपालको बलमा अक्षदीप आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

गोरखा भूकम्पको ११ वर्षपछि पनि दलित बस्ती कष्टमै : त्रिपालमुनि जीवन, घर निर्माण अझै अलपत्र

गोरखा– २०७२ सालको विनाशकारी भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि

मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र

निकोसिया– युरोपेली सङ्घका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता