गायिका नेहालाई ‘एंग्जायटी’ « Khabarhub

गायिका नेहालाई ‘एंग्जायटी’


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड गायिका नेहा कक्कड निजी जीवनलाई लिएर खुलेर कुरा गर्छिन् । नेहाले एक रियालिटी शोमा आफू एक बिरामीबाट पीडित भएको र जसकारण आफूलाई थुप्रै काममा अवरोध हुने गरेको खुलाएकी छिन् ।

नेहाका अनुसार उनलाई ‘एंग्जायटी’ रोग छ । जसकारण उनले अनेक समस्या भोगेकी छन् । ‘मसँग राम्रो परिवार, करियर भए पनि यो रोगका कारण समस्या झेलिरहेकी छु’, उनले भनेकी छन् ।

स्वास्थ्य विज्ञ डा. विकास खन्नाले ‘एंग्जायटी’ एक मानसिक रोग भएको र जसकारण मानसिक रुपमा मानिसलाई कमजोर बनाउने गरेको बताए । ‘कोही व्यक्ति यो रोगबाट पीडित छन् भने उसलाई केही गलत हुँदैछ भन्ने डर हुन्छ । यही डरका कारण मानिसलाई पेनिक अट्याक हुन्छ । व्यक्तिको मुटुको गति बढ्छ र उसको श्वास बढ्न जान्छ’, डा. खन्नाले भनेका छन् ।

डा. खन्नाका अनुसार ‘एंग्जायटी डिसअर्डर’ ले पीडितको व्यक्तिगत र व्यावसायिक जीवनमा ठूलो असर पार्दछ । यो रोग लामो समयसम्म जाने र जसकारण मानिसमा डिप्रेसनको समस्या आउने गर्दछ ।

नेहाले कैयौं पटक ‘एंग्जायटी’ विषयमा कुराकानी गरेकी छन् । कामको कुरा गर्दा उनी भाई टोनीका साथ कैयौं सिंगल ट्रयाक गीत बजारमा ल्याइसकेकी छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १२ : ०९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर