मेयर कप फुटबल : खुमलटार विजयी « Khabarhub

मेयर कप फुटबल : खुमलटार विजयी


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एफई खुमलटार भेट्रान्स क्लब, साइनिङ सन फुटबल एकेडेमीलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले साइनिङ सन फुटबल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । खुमलटारको जितमा जुमानु राई, नरेन्द्र लामा र भगवान थापाले एक एक गोल गरे ।

जितसँगै समूह डि मा रहेको खुमलटारले दुई खेलबाट ६ अङ्क जोडेको छ । खुमलटार शीर्ष स्थानमा प्रवेश गरेको छ । ‘फुटबलर्स मिसन टुगेदर’को आयोजनामा जारी उक्त प्रतियोगितामा २१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई सात समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहका विजेता र उपविजेता टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ४ : २९ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल