महिला गेटअपमा देखिए रणवीर « Khabarhub

महिला गेटअपमा देखिए रणवीर


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता रणवीर कपूर सामाजिक सञ्जालबाट टाढा बस्न चाहन्छन् । तर उनका फ्यान भने उनलाई निरन्तर हेर्न चाहन्छन् ।

रणवीरले कैयौं टेलिभिजन विज्ञापनमा अभिनय गरेका छन् । हालैमात्र यस्तै एउटा विज्ञापनका लागि रणवीरले एक महिलाको भूमिका निभाउनका लागि मेकअप गर्दै गरेको भिडियो उनले आफ्नोे इन्स्टाग्राममा राखेका छन् । उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनको भिडियोमा उनलाई युवती बनाउन मेकअप मेनहरु द्रुत गतिमा काम गरिरहेका छन् । कपाल र आँखी भौंलाई ठीक बनाउनदेखि लिएर अनुहार राम्रो बनाउन उनीहरुको व्यस्तता बढ्दो छ । उनको ट्रान्सफर्मेशन भिडियोलाई फ्यानले निकै मनपराएका छन् ।

भिडियोमा रणवीर शान्तपूर्व आफ्नो कुर्सीमा बसेका छन् र कैयौं मेकअप आर्टिस्टले उनको अनुहार सिंगारीरहेका छन् । भिडियोमा रणवीरले आफ्नो मोबाइल हेरिरहेको पनि देख्न सकिन्छ । ‘एक दिनको काममा । एक टीभीसीका लागि एक महिलाको भूमिकामा बद्लिनु’, उनले क्याप्सन लेखेका छन् ।

रणवीर हाल अभिनेत्री आलिया भट्टको प्रेममा छन् । उनीहरु यसै वर्षको डिसेम्बरमा विवाह गर्ने योजनामा रहेको समाचार सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ५ : ०३ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा