राप्रपाको महाधिवेशन ११–१३ मंसिरमा, यस्तो छ कार्यतालिका « Khabarhub

राप्रपाको महाधिवेशन ११–१३ मंसिरमा, यस्तो छ कार्यतालिका


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको राष्ट्रिय महाधिवेशन मंसिरमा हुने भएको छ ।

अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन ११–१३ मंसिरमा राजधानी काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

बैठकले महाधिवेशनको तयारीअन्तर्गत सक्रिय सदस्य बनाउने अवधि १५ कात्तिकसम्म बढाउने निर्णय गरेको छ ।

त्यसैगरी केन्द्रीय निर्वाचन समितिले २६ कात्तिकभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने, सक्रिय सदस्यको दाबी विरोध २७–२९ कात्तिकसम्म गर्ने, अन्तिम नामावली ३० कात्तिकमा प्रकाशन गर्ने र सक्रिय सदस्यहरुको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखि सार्वजनिक गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

उनकाअनुसार जिल्ला अधिवेशन २३ कात्तिकभित्र सम्पन्न गर्ने निर्णय भएको छ । त्यसैगरी सातवटै प्रदेशबाट प्रदेश कार्य समितिको निर्वाचन २८ कात्तिकमा गर्ने निर्णय भएको छ ।

सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन १३ मंसिरमा गर्ने, जिल्ला कार्य समितिसँग समन्वय गरी प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्य समितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको छ ।

केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीको लागि विभिन्न समितिहरु गठन गरेको छ । आवश्यकताअनुसार सदस्यहरु थप गर्न सक्नेगरी ९ वटा समिति गठन गरिएका छन् ।

पशुपति शम्शेर जबराको नेतृत्वमा गठन गरिएको सामाजिक कार्यपत्र तयारी समितिमा ठाकुर शर्मा, रोशन कार्की, राजेश गिरी सदस्य छन् ।

प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित आर्थिक कार्यपत्र तयारी समितिमा उद्धव पौडेल र डा। विष्णु भण्डारी सदस्य छन् ।

कमल थापाको संयोजकत्वमा राजनीतिक कार्यपत्र तयारी समितिमा रामशरण पाठक, भरतजंग उप्रेती, भक्तिप्रसाद सिटौला सदस्य छन् ।

कार्यक्रम तथा व्यवस्थापन समितिमा ध्रुवबहादुर प्रधान संयोजक र भास्कर भद्रा, भुवन पाठक, भरत गिरी सदस्य छन् ।

भोजन व्यवस्थापन समितिमा चन्द्रबहादुर गुरुङ र गणेश चन्द छन् । स्वास्थ्य समितिमा नीलकण्ड काफ्ले, श्यामप्रसाद तिमिल्सिना छन् ।

प्रचार प्रसार समितिमा राजेन्द्र गुरुङ, मोह श्रेष्ठ, सगुनसुन्दर लावती, जनकराज पाठक, गोपाल पौडेल छन् ।

स्वागत समितिको जिम्मा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनलाई दिइएको छ ।

स्वयंसेवक परिचालन समितिमा भरत रायमाझी, रवीन्द्र प्रताप शाह, प्रकाश रिमाल, राजु लोहनी, धनसुर शाही, महेशबहादुर सिंह रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ५० बजे

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल