राप्रपाको महाधिवेशन ११–१३ मंसिरमा, यस्तो छ कार्यतालिका « Khabarhub

राप्रपाको महाधिवेशन ११–१३ मंसिरमा, यस्तो छ कार्यतालिका


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको राष्ट्रिय महाधिवेशन मंसिरमा हुने भएको छ ।

अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन ११–१३ मंसिरमा राजधानी काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

बैठकले महाधिवेशनको तयारीअन्तर्गत सक्रिय सदस्य बनाउने अवधि १५ कात्तिकसम्म बढाउने निर्णय गरेको छ ।

त्यसैगरी केन्द्रीय निर्वाचन समितिले २६ कात्तिकभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने, सक्रिय सदस्यको दाबी विरोध २७–२९ कात्तिकसम्म गर्ने, अन्तिम नामावली ३० कात्तिकमा प्रकाशन गर्ने र सक्रिय सदस्यहरुको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखि सार्वजनिक गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

उनकाअनुसार जिल्ला अधिवेशन २३ कात्तिकभित्र सम्पन्न गर्ने निर्णय भएको छ । त्यसैगरी सातवटै प्रदेशबाट प्रदेश कार्य समितिको निर्वाचन २८ कात्तिकमा गर्ने निर्णय भएको छ ।

सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन १३ मंसिरमा गर्ने, जिल्ला कार्य समितिसँग समन्वय गरी प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्य समितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको छ ।

केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीको लागि विभिन्न समितिहरु गठन गरेको छ । आवश्यकताअनुसार सदस्यहरु थप गर्न सक्नेगरी ९ वटा समिति गठन गरिएका छन् ।

पशुपति शम्शेर जबराको नेतृत्वमा गठन गरिएको सामाजिक कार्यपत्र तयारी समितिमा ठाकुर शर्मा, रोशन कार्की, राजेश गिरी सदस्य छन् ।

प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित आर्थिक कार्यपत्र तयारी समितिमा उद्धव पौडेल र डा। विष्णु भण्डारी सदस्य छन् ।

कमल थापाको संयोजकत्वमा राजनीतिक कार्यपत्र तयारी समितिमा रामशरण पाठक, भरतजंग उप्रेती, भक्तिप्रसाद सिटौला सदस्य छन् ।

कार्यक्रम तथा व्यवस्थापन समितिमा ध्रुवबहादुर प्रधान संयोजक र भास्कर भद्रा, भुवन पाठक, भरत गिरी सदस्य छन् ।

भोजन व्यवस्थापन समितिमा चन्द्रबहादुर गुरुङ र गणेश चन्द छन् । स्वास्थ्य समितिमा नीलकण्ड काफ्ले, श्यामप्रसाद तिमिल्सिना छन् ।

प्रचार प्रसार समितिमा राजेन्द्र गुरुङ, मोह श्रेष्ठ, सगुनसुन्दर लावती, जनकराज पाठक, गोपाल पौडेल छन् ।

स्वागत समितिको जिम्मा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनलाई दिइएको छ ।

स्वयंसेवक परिचालन समितिमा भरत रायमाझी, रवीन्द्र प्रताप शाह, प्रकाश रिमाल, राजु लोहनी, धनसुर शाही, महेशबहादुर सिंह रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ५० बजे

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो

काठमाडौंका घर फोर्दै चोरी, ३९ वर्षको उमेरमा ३७ वटा मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानी सहरका घरघरमा पसेर

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

काठमाडौं– सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवा विभागमार्फत

‘लात्तीले हान्दा पनि भत्किने टहरामा सरकारले पहाडै फोर्ने डोजर चलायो’

काठमाठौं- मोरङ माइतीघर भएकी कमला राना ‘रनपैली’ सानै उमेरमा भागी

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी– सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण भएको छ