विधि र प्रक्रियाबाट बिदा गरे जान्छु, राजीनामा दिन्नँ : प्रधानन्यायाधीश राणा | Khabarhub Khabarhub

विधि र प्रक्रियाबाट बिदा गरे जान्छु, राजीनामा दिन्नँ : प्रधानन्यायाधीश राणा


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सडकबाट राजीनामा माग्दैमा नदिने बताएका छन् । राजीनामाको प्रश्न नै नभएको उनले बताएका छन् ।

उनले आफू संविधानअनुसार प्रधानन्यायाधीश बनेको भन्दै संविधानअनुसार विधि र प्रक्रियाबाट बिदा गरेमात्र आफू जाने बताएका छन् । उनले न्यायालयमा आफूले शुदृढीकरण गरिरहेकाले यो नचाहनेले आफ्नो राजीनामा मागिरहेको बताएका छन् ।

प्राइमटाइम टेलिभिजनलाई बिहीबार दिएको अन्तर्वार्तामा उनले आफूले मन्त्रिपरिषदमा कुनै भाग नमागेको बताए ।

उनले प्रचण्डले, माधवकुमार नेपालले र प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटामा नभएको बताइसकेको बताए । उनले यतिहुँदा हुँदै पनि आफूमाथि बिनाअर्थ आरोप लगाइएको बताए । उनले यसलाई अस्वीकार गर्ने बताए । हमाललाई मन्त्री बनाउन आफूले सिफारिस नगरेको बताए ।

आफूमाथि दलहरुले महाअभियोग नल्याउने बताए । उनले महाअभियोग जस्तो कुराका पछाडि दलहरु नलाग्ने आफूलाई विश्वास रहेको बताए । उनले आफूमाथि उठेका प्रश्न संवैधानिक भए त्यसको सामना गर्ने अन्यथा न्यायापालिकालाई कमजोर बनाएर आफू नजाने बताए ।

उनले अदालतमा कुनै पनि मानेमा भ्रष्टाचार र अनियमितता नभएको दाबी गरेका छन् । अदालतमा भ्रष्टाचार छ भनेर गलत आरोप लगाइएको पनि उनको टिप्पणी छ ।

उनले आफू संविधानप्रति निष्ठा र इमानदार व्यक्ति भएको दाबी गरे । उनले आफूले न्यायापालिकालाई सुदृढ तवरले अघि बढाएको पनि दाबी गरे । आफूले न्यायापालिकालाई कमजोर बनाउन नदिने पनि उनको भनाइ थियो ।

प्रधानन्यायाधीश राणाले एनसेल प्रकरणमा पनि स्पष्टीकरण दिए । उनले एनसेललाई अदालतले कर छुट नदिएको दाबी गर्दै बरु कर लगाएको जिकिर गरे । यस्तै उनले न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्कालन नसकिने बताए ।

उनले कानुन बनाएरमात्र सम्पत्ति विवरण सार्वजनिक गर्न सकिने बताए । उनले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गरे उनीहरुमाथि थप सुरक्षा चुनौती थपिने बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १० : ४३ बजे

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब 

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म