वैकल्पिक खेलाडी सुमनको गोलमा पुलिसको पहिलो जित « Khabarhub

वैकल्पिक खेलाडी सुमनको गोलमा पुलिसको पहिलो जित


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले ललितपुरको जावलाखेल युथ क्लबलाई १-० अन्तरले पराजित गर्‍यो ।

७०औं मिनेटमा  सुमन लामाको गोलमा पुलिसले अग्रता लिएको थियो । रवि पासवानले मैदानको मध्यभागबाट निकालेको लामो पासमा सुमनले पेनाल्टी क्षेत्रको दाहिने भागबाट गरेको प्रहारले सेकेन्ड बारमा जाली चुमेको थियो ।

बाँकी समय दुवै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

३९औँ मिनेटमा रूपबहादुर लामाले करिब ३० यार्ड परबाट गरेको फ्रिकिक प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाएपछि जावलाखेल अग्रता लिनबाट चुकेको थियो । पुलिसका हेमन्त श्रेष्ठले निकाश फर्नान्डेशमाथि फाउल गरेपछि जावलाखेलले फ्रिकिक पाएको थियो ।

लगत्तै ४०औँ मिनेटमा पुलिसका रवि पासवानाले देब्रे कर्नर साइटबाट गरेको क्रसमा तेज तामाङको प्रहारको जावलाखेलका गोलकिपर टिकेन्द्रसिंह थापाले उत्कृष्ट बचाएका थिए ।

६२औं मिनेटमा रवि पासवानले करिब ४० यार्ड परबाट गरेको प्रहार जावलाखेलका गोलकिपर थापाले पन्च गरी मुस्किलले बाहिर फ्याँकिदिए ।

६५औँ मिनेटमा रविको हेडर पहिलो बारमा लागेर फर्कियो । मानबहादुर परियारले प्रहार गरेको फ्रिकिकमा रविले फ्लिक हेड गरेका थिए ।

त्यस्तै ६७औँ मिनेटमा जावलाखेलका सन्तबहादुर गुरुङको प्रहार पनि सेकेन्ड बारमा लाग्दै फर्कियो । जितसँगै पुलिसले महत्त्वपूर्ण तीन अंक पाएको छ । पुलिसको दुई खेलबाट ४ अंक भएको छ ।

लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइजले एनआरटीको सामना गर्दा दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र क्लब विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध मैदान उत्रने छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : ५० बजे

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र