वैकल्पिक खेलाडी सुमनको गोलमा पुलिसको पहिलो जित « Khabarhub

वैकल्पिक खेलाडी सुमनको गोलमा पुलिसको पहिलो जित


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले ललितपुरको जावलाखेल युथ क्लबलाई १-० अन्तरले पराजित गर्‍यो ।

७०औं मिनेटमा  सुमन लामाको गोलमा पुलिसले अग्रता लिएको थियो । रवि पासवानले मैदानको मध्यभागबाट निकालेको लामो पासमा सुमनले पेनाल्टी क्षेत्रको दाहिने भागबाट गरेको प्रहारले सेकेन्ड बारमा जाली चुमेको थियो ।

बाँकी समय दुवै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

३९औँ मिनेटमा रूपबहादुर लामाले करिब ३० यार्ड परबाट गरेको फ्रिकिक प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाएपछि जावलाखेल अग्रता लिनबाट चुकेको थियो । पुलिसका हेमन्त श्रेष्ठले निकाश फर्नान्डेशमाथि फाउल गरेपछि जावलाखेलले फ्रिकिक पाएको थियो ।

लगत्तै ४०औँ मिनेटमा पुलिसका रवि पासवानाले देब्रे कर्नर साइटबाट गरेको क्रसमा तेज तामाङको प्रहारको जावलाखेलका गोलकिपर टिकेन्द्रसिंह थापाले उत्कृष्ट बचाएका थिए ।

६२औं मिनेटमा रवि पासवानले करिब ४० यार्ड परबाट गरेको प्रहार जावलाखेलका गोलकिपर थापाले पन्च गरी मुस्किलले बाहिर फ्याँकिदिए ।

६५औँ मिनेटमा रविको हेडर पहिलो बारमा लागेर फर्कियो । मानबहादुर परियारले प्रहार गरेको फ्रिकिकमा रविले फ्लिक हेड गरेका थिए ।

त्यस्तै ६७औँ मिनेटमा जावलाखेलका सन्तबहादुर गुरुङको प्रहार पनि सेकेन्ड बारमा लाग्दै फर्कियो । जितसँगै पुलिसले महत्त्वपूर्ण तीन अंक पाएको छ । पुलिसको दुई खेलबाट ४ अंक भएको छ ।

लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइजले एनआरटीको सामना गर्दा दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र क्लब विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध मैदान उत्रने छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : ५० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र