माओवादी म्याग्दीका पाँचै पालिकामा सर्वसम्मत नेतृत्व चयन « Khabarhub

माओवादी म्याग्दीका पाँचै पालिकामा सर्वसम्मत नेतृत्व चयन


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेकपा माओवादी केन्द्र म्याग्दीका पाँच वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

एक नगरपालिका र चार गाउँपालिका रहेको म्याग्दीमा आइतबार नयाँ नेतृत्व चयन भएको हो । म्याग्दी माओवादीका अनुसार बेनी नगरपालिकाको अध्यक्षमा सेरबहादुर केसी चयन भएका छन् ।

यस्तै, रघुगंगा गाउँपालिकाको अध्यक्षमा हरि भण्डारी, धवलागिरी गाउँपालिका अध्यक्षमा यामन रोका, मालिका गाउँपालिका अध्यक्षमा दोरण शेरचन र मंगला गाउँपालिका अध्यक्षमा याम रोका चयन भएका हुन् ।

नेतृत्व सहित आउँदो तीन वर्षका लागि पालिका कमिटी चयन भएको छ । सबै पालिकाबाट प्रदेश अधिवेशनका लागि प्रतिनिधि पनि चयन भएका सांसद तथा माओवादी नेता विनोद केसीले जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : १५ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ