अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किए « Khabarhub

अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किए


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किएका छन् ।

२८ वर्षपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाह मंगलबार अपराह्न नेपाल झरेका हुन् ।

साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका अब्दुल्लाह केही साताको विश्राम पछि पुनः नेपाल आएका थिए ।

एन्फाले उनलाई २०२२ सम्म नेपालमै हुनेगरी सम्झौता नवीकरण गरेको थियो । त्यसपछि पुनः गृहनगर कुवेत फर्किएका अब्दुल्लाह लामो विश्रामपछि फर्किएका हुन् ।

हाल उपत्यकामा जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणपछि राष्ट्रिय टोलीले केही मैत्रीपूर्ण खेल खेल्ने भएसँगै अब्दुल्लाह नेपाल आइपुगेका हुन् ।

उनलाई राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायलगायत एन्फा सदस्यले विमानस्थलमा स्वागत गरे ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : ५० बजे

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका